सुनसरी क्षेत्र नं. १ को काङ्ग्रेस क्षेत्रीय सभापतिमा युवा नेता बिनोद आले मगरको उम्मेदवारी

२०८३ असोज ११ आइतबार
दिउसो २:४८ बजे

धरान । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा क्षेत्रीय सभापति पदका लागि युवा नेता बिनोद आले मगरले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) क्षेत्र नं. १ का सचिव, नेविसंघ महेन्द्र क्याम्पस, धरानका उपसभापति हुँदै संगठनमा सक्रिय रहेका बिनोद आले मगर हाल महेन्द्र क्याम्पस, धरानका इकाई सभापतिका रूपमा कार्यरत छन्।
२०७९ सालको स्ववियु निर्वाचनमा सभापति पदका उम्मेदवारसमेत रहेका उनी विद्यार्थी राजनीतिमार्फत संगठन निर्माण, नेतृत्व विकास र युवा सहभागिताका क्षेत्रमा सक्रिय रहँदै आएका छन्।
राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनी  हाल कानुन विषयमा एल.एल.बी. अध्ययनरत छन्। राजनीतिक तथा सामाजिक विषयमा रुचि राख्ने उनी शालीन, अध्ययनशील र क्षमतावान युवा नेताका रूपमा विद्यार्थी तथा पार्टी पंक्तिमा परिचित छन्।
१५औँ महाधिवेशनको अवसरमा क्षेत्रीय नेतृत्वका लागि उम्मेदवारी दिनुलाई उनले युवा पुस्ताको सहभागिता, संगठनको सुदृढीकरण र पार्टीलाई थप गतिशील बनाउने प्रयासका रूपमा लिएको बताइएको छ।
सुनसरी क्षेत्र नं. १ मा नेपाली कांग्रेसको क्षेत्रीय नेतृत्वका लागि युवा पुस्ताबाट आएको उनको उम्मेदवारीले आगामी अधिवेशनलाई थप चासोपूर्ण बनाएको छ। पार्टीको संगठनात्मक संरचनामा विद्यार्थी राजनीतिबाट आएका युवाको नेतृत्वदायी भूमिकालाई स्थापित गर्ने दिशामा उनको उम्मेदवारीलाई हेरिएको छ।

  • 33%
  • 0%
  • 0%
  • 33%
  • 0%
  • 0%

धनुषामा पहिरोले घर पुरिँदा महिलाको मृत्यु, चार जना भागेर बचे

  • २०८३ असोज ११ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–११ आपगाछी टोलमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ । आज बिहान वर्षासँगै खसेको पहिरोले घर पुरिँदा ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको प्रहरीले

पूरा पढ्नुहोस्

Bureau Menus