न्यूज ब्यूरो, महोत्तरी । नेपाल विद्युत प्राधिकरण, जलेश्वर वितरण केन्द्रको आयोजनामा विद्युत सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
जलेश्वरस्थित श्री लचुमु माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा नेपाल विद्युत प्राधिकरण जलेश्वर वितरण केन्द्रकी इन्जिनियर विनिता मण्डलसहितको प्राविधिक टोलीले कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूलाई विद्युत सुरक्षासम्बन्धी जानकारी तथा प्रशिक्षण प्रदान गरेको हो ।
कार्यक्रममा विद्युतको सुरक्षित प्रयोग, विद्युत लाइन तथा विद्युतीय उपकरणबाट हुन सक्ने जोखिम, करेन्ट लाग्नबाट बच्ने उपाय तथा आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सावधानीका विषयमा विद्यार्थीहरूलाई जानकारी गराइएको थियो ।
विद्युत उपकरण प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, विद्युत तार तथा लाइनबाट सुरक्षित दूरी कायम गर्ने उपाय र जोखिमपूर्ण अवस्थामा तत्काल अपनाउनुपर्ने सुरक्षा प्रक्रियाबारे समेत विद्यार्थीहरूलाई जानकारी दिइएको जनाइएको छ ।
विद्यार्थीहरूमा विद्युत सुरक्षासम्बन्धी ज्ञान अभिवृद्धि गर्दै सम्भावित विद्युतजन्य दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल विद्युत प्राधिकरण जलेश्वर वितरण केन्द्रले जनाएको छ ।
जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा
- २०८३ असोज १३ मंगलबार
न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् । आईतबार जसपा
पूरा पढ्नुहोस्

