न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन् । वीरगञ्जमा सम्पन्न पार्टीको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउतले ९५८ मत प्राप्त गर्दै अध्यक्षमा निरन्तरता पाएका हुन् ।
अध्यक्ष पदमा राउतको एकल उम्मेदवारी परेको थियो । यद्यपि, पार्टी विधानअनुसार अध्यक्ष पदका उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले एकल उम्मेदवारी भए पनि मतदान गरिएको थियो ।
महाधिवेशनबाट २६ पदाधिकारीसहित ९९ केन्द्रीय पदका लागि निर्वाचन भएको थियो ।
उपाध्यक्षका सात पदका लागि ११ जनाबीच प्रतिस्पर्धा भएकोमा सिरहाकी अनिताकुमारी मण्डल, धनुषाकी अनितादेवी साह, कपिलवस्तुका नरेन्द्रप्रसाद चौधरी, रौतहटका बसन्तकुमार कुशवाहा, सप्तरीका डा. जयकान्त राउत, सिरहाका राजयकुमार यादव ‘त्यागी बाबा’ र पर्साका माधवप्रसाद सिंह निर्वाचित भएका छन् ।
उपाध्यक्ष पदका उम्मेदवार परमेश्वर मुर्मु, हरपाल सिंह सोडी, मनोहरा देवी बैठा र रोशन खातुन भने पराजित भएका छन् ।
महासचिवमा सिरहाका सञ्जयकुमार यादव निर्वाचित भएका छन् । उनले ६१८ मत प्राप्त गर्दै अध्यक्ष राउतपछि सबैभन्दा बढी मत ल्याउने उम्मेदवार बनेका छन् ।
महासचिव पदमा ममता झा र चन्दनकुमार सिंह पनि प्रतिस्पर्धामा थिए । झाले २२० तथा सिंहले १६५ मत प्राप्त गरे । दुवैले पार्टी विधानअनुसार आवश्यक २० प्रतिशत मतको थ्रेसहोल्ड पूरा गर्न नसकेको जनमत पार्टीले जनाएको छ ।
उपमहासचिवमा सिरहाका निर्मलकुमार मण्डल ५०१ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत प्राप्त गरेका छन् ।
सचिवका सात पदमा सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन् ।
सचिव पदका लागि नौ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । वीरेन्द्र महतो ‘जीवन त्यागी’ र रामबाबु साह भने निर्वाचित हुन सकेनन् ।
वीरगञ्जमा सम्पन्न महाधिवेशनबाट डा. सीके राउतले जनमत पार्टीको नेतृत्वमा पुनः निरन्तरता पाएका छन् । निर्वाचनमार्फत मधेसका विभिन्न जिल्लासहित देशका अन्य क्षेत्रका नेताहरू पनि पार्टीको केन्द्रीय नेतृत्वमा निर्वाचित भएका छन् ।
जनकपुरमा खुल्यो MS Chill & Sips क्याफे, जहाँ सस्तोमा आरामदायीको वाचा
- २०८३ असोज १८ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामानन्दचोकमा MS Chill & Sips क्याफे सँचालनमा आएको छ । रामानन्दचोकस्थित रहेको सीता प्यालेस होटलको अगाडी क्याफे सँचालनमा आएको हो । विभिन्न आईटम, स्वाद चाख्न विभिन्न स्थानमा जानुपर्ने
पूरा पढ्नुहोस्


