न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वरमा एक महिलाको शंकास्पद मृत्यू भएको छ ।
आईतबार साँझ महिलाको शंकास्पद मृत्यू भएको छ । कपिलेश्वर निवासी दास थरको एक व्यक्तिको घरमा महिलाको शंकास्पद मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार, आईतबार साँझ नै घटना भएकोमा रातीदेखि प्रहरी घटनास्थललाई संरक्षण गरेको हो । माईत पक्षले हत्या गरिएको भन्दै झमेला गरेपछि मुचुल्का हुन नपाएको बताईएको छ ।
रातभरि माईत पक्षले अवस्था तनाव बनाएपछि सोमबार बिहानदेखि प्रहरीले मुचुल्का सुरु गरेको जनाएको छ । मुचुल्कापछि घटनाको प्रकृतिको बारेमा मात्र भन्न सकिने प्रहरीले जनाएको छ ।
यसबारे थप विवरण आउन बाँकी छ ।
विद्यालयको गेटमा ९ वर्षीया बालिकालाई फकाउँदै थिए पूर्वशिक्षक, CCTV ले पछ्याउँदै पुर्यायो महोत्तरीसम्म
- २०८३ असोज १९ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा ९ वर्षीया बालिकालाई ललाईफकाई गरी आफूसँग लैजान खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–१ पर्सा निवासी ३६ वर्षीय मनिष ठाकुर रहेका
पूरा पढ्नुहोस्


