‘पास गराइदिन्छु’ भन्दै नाबालिग छात्रामाथि शिक्षकको अश्लील हर्कतको आरोप, परे प्रहरीको फन्दामा

२०८३ असोज १५ बिहीबार
रति ९:०२ बजे
न्यूज ब्यूरो, डेस्क
Photo: Nepal Police

न्यूज ब्यूरो, रामेछाप । विद्यालयमा अध्ययनरत १३ वर्षीया छात्रामाथि बालयौन दुरुपयोग गरेको आरोपमा रामेछाप प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ मा बस्दै आएका ४८ वर्षीय नवराज भण्डारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार भण्डारीले आफूले अध्यापन गराउने छात्रालाई परीक्षामा उत्तीर्ण गराइदिने प्रलोभन देखाई यौनजन्य व्यवहार गरेको तथा फेसबुक म्यासेन्जरमार्फत अश्लील सामग्री पठाउने गरेको आरोप छ ।

प्रहरीका अनुसार पीडित छात्राले दिएको जाहेरीका आधारमा भण्डारीलाई असोज १४ गते पक्राउ गरिएको हो । उनलाई पटक–पटक बालयौन दुरुपयोग गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।

पीडित छात्राको पहिचान गोप्य राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार पक्राउ परेका भण्डारीमाथि रामेछाप जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

खर्च कटौतीको निर्णयबीच मधेशमा साढे ३ करोडको भीभीआईपी गाडी खरिद गर्दै मधेश सरकार

  • २०८३ असोज १५ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारले बजेटमा खर्च कटौती गर्दै सरकारी सवारीसाधन खरिदमा रोक लगाएको अवस्थामा मुख्यमन्त्री कार्यालयका लागि करिब ३ करोड ५० लाख रुपैयाँको महँगो सवारीसाधन खरिद प्रक्रिया अघि

पूरा पढ्नुहोस्

Bureau Menus