न्यूज ब्यूरो, राजविराज । सप्तरीमा बाख्रा चोरीको आरोपमा एक व्यक्तिमाथि अमानवीय व्यवहार गर्दै जुत्ताको माला लगाएर गाउँ घुमाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका–१३ का ३५ वर्षीय लड्डु राम, ४२ वर्षीय ललित राम र ३५ वर्षीय रामनाथ राम रहेका छन्।
प्रहरीका अनुसार गत साउन ८ गते राति स्थानीय रामनाथ रामको बाख्रा चोरी भएको विषयलाई लिएर दुई पक्षबीच विवाद भएको थियो। विवाद समाधानका लागि साउन ९ गते बिहान १० बजे स्थानीय भगवती मन्दिरको प्राङ्गणमा गाउँलेहरूले छलफल बोलाएका थिए।
छलफलका क्रममा कुरा नमिलेपछि उत्तेजित बनेको समूहले बाख्रा चोरीको आरोप लागेका व्यक्तिलाई कुटपिट तथा दुर्व्यवहार गरेको र जुत्ताको माला लगाएर गाउँ घुमाएको आरोप छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमराज घिमिरेका अनुसार कानुन हातमा लिएर व्यक्तिमाथि अमानवीय व्यवहार गरेको आरोपमा घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
लहान मनकामना अस्पतालमा रक्तदान कार्यक्रम, २५ जनाले गरे रक्तदान
- २०८३ असोज १० शनिबार
लहान । नेपाल रेडक्रस सोसाइटी, लहान शाखाको प्राविधिक सहयोगमा लहान मनकामना अस्पताल तथा प्रसूति गृह प्रा।लि।द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अस्पतालका कर्मचारी, सगरमाथा एम्बुलेन्स संघका सदस्य तथा आम
पूरा पढ्नुहोस्

