न्यूज ब्यूरो, जनकपुरधाम । वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा आरोपित दुई जनालाई पक्राउ गरी अनुसन्धानका लागि उपस्थित गराउन वैदेशिक रोजगार विभागले प्रहरीसँग सहयोग मागेको छ ।
वैदेशिक रोजगार विभागको अनुसन्धान शाखाले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी तथा सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्दै न्यायाधिकरणबाट प्राप्त पक्राउ अनुमतिअनुसार आरोपितलाई पक्राउ गरी विभागमा उपस्थित गराउन अनुरोध गरेको हो ।
विभागका अनुसार मोहम्मद राईनले हैदर अलिसहितका व्यक्तिविरुद्ध दिएको जाहेरीका आधारमा मुद्दा नं. १६४५ दर्ता भएको छ । जाहेरीमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुल गरेको आरोप लगाइएको छ ।
यससम्बन्धी आरोपित महोत्तरीको भंगाहा नगरपालिका–८ का २४ वर्षीय हैदर अलिलाई पक्राउ गर्न विभागले २०८२ साल ११ महिना ४ गते चलानी नं. ११४५ मार्फत काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र जिल्ला प्रहरी कार्यालय, महोत्तरीलाई पत्राचार गरेको छ ।

विभागीय पत्रअनुसार हैदर अलि इस्लाम कवारीका नाति तथा इजरायल कवारीका छोरा हुन् ।
त्यस्तै, अर्को वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा सर्लाहीको ब्राह्मपुरी गाउँपालिका–७ नौखलवाका ३६ वर्षीय अनवर शेखलाई पक्राउ गर्न पनि विभागले प्रहरीलाई पत्राचार गरेको छ । शेख हाल काठमाडौं–१४ सोल्टीमोडमा बसोबास गर्दै आएको विभागीय विवरणमा उल्लेख छ ।
अनवर शेखलाई पक्राउ गर्न सम्बन्धित पत्र २०८२ साल ८ महिना १२ गते जारी गरिएको हो ।
विभागका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ को उपदफा (३) बमोजिम वैदेशिक रोजगार न्यायाधिकरणबाट पक्राउ अनुमति प्राप्त भएको छ ।

यसअघि विभागले २०८२ साल १० महिना १५ गते वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो । विभागले प्रतिवादीले वैदेशिक रोजगारीका लागि रकम लिएको देखिने कागजात, जाहेरीको व्यहोरा तथा अन्य प्रमाणका आधारमा तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन आवश्यक रहेको जनाएको थियो ।
विभागले सम्बन्धित प्रहरी कार्यालयलाई आरोपितहरूलाई पक्राउ गरेपछि स्वास्थ्य परीक्षणसहित विभागमा उपस्थित गराउन तथा अनुसन्धान र कारबाहीसम्बन्धी प्रतिवेदन पेस गर्न अनुरोध गरेको छ ।
विभागले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिमको अनुसन्धान कार्यमा प्रहरीबाट आवश्यक सहयोग उपलब्ध गराउन समेत आग्रह गरेको छ ।
कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख बढी विद्यार्थी सहभागी
- २०८३ असोज ७ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । आजदेखि देशभर एकसाथ कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी
पूरा पढ्नुहोस्

