न्यूज ब्यूरो, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–८ जोगिनियाँबाट हराएका दुई बालिकालाई भारतको नयाँ दिल्लीबाट सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको छ ।
गत भदौ ११ गतेदेखि सम्पर्कविहीन रहेका जोगिनियाँकी १६ वर्षीया अनिसा कुमारी यादव र सोही उमेरकी बबिता कुमारी गोठियालाई प्रहरीले नयाँ दिल्लीबाट उद्धार गरी नेपाल ल्याएको हो ।
दुवै बालिका हराएपछि परिवारले जिल्ला प्रहरी कार्यालय सप्तरीमा खोजतलासका लागि निवेदन दिएका थिए । निवेदन प्राप्त भएपछि प्रहरीले उनीहरूको खोजी तथा अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा दुवै बालिका भारतको नयाँ दिल्लीमा रहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले त्यहाँस्थित ‘किङ इन्डिया’ संस्थासँग समन्वय गरेको थियो ।
प्रहरीसँगको समन्वयपछि संस्थाका निर्देशक नवीन जोशीले दुवै बालिकालाई नेपाल ल्याई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार आवश्यक समन्वय तथा प्रक्रिया पूरा गरी आइतबार साँझ दुवै बालिकालाई अभिभावकको जिम्मा लगाइएको हो ।
प्रहरी कार्यालयमा अभिभावकलाई बोलाएर आवश्यक प्रक्रिया पूरा गरेपछि बालिकाहरूलाई सुरक्षित रूपमा परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
न्यूजब्यूरो प्रभावः जनकपुरमा बनाइएका 'जमजम नगर र जामिया रोड' को बोर्ड हटाइयो
- २०८३ असोज २० मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुधाम उपमहानगरपालिका वडा नं. १८ महुवा र भोइलको बीचमा लगाइएको “जमजम नगर र जामिया रोड” लेखिएको बोर्ड हटाइएको छ । जनकपुरधामको वडा नं. १७ कनकपट्टिदेखि दक्षिण र
पूरा पढ्नुहोस्


