शहिदनगरका मेयर दिनेश यादवले लाईभमै नगरका युवालाई दिए बन्दुकको धम्की, बन्दुक राखेको दाबी

२०८३ असोज २० मंगलबार
बेलुकी ७:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदगर नगरपालिकाका नगर प्रमुख दिनेश प्रसाद यादव यतिबेला युवाहरुको संघर्षमा परेका छन् । 

केही दिन अगाडी एक रेडियो कार्यक्रमको क्रममा दिँदै गरेको लाईभ अन्तरवार्तामा उनले एक युवकलाई अभद्र भाषा प्रयोग गरेका थिए । सोही कार्यक्रममा उनले नगरका युवाहरुलाई बन्दुककको धम्की दिएका छन् । 

उनले कार्यक्रमको क्रममा कसैले बन्दुक भाडामा ल्याउँछ, तर आफूसँग घरमै बन्दुक रहेको प्रष्ट रुपमा बताएका छन् । सरकारले नीजि प्रयोजनको लागि विशेष अवस्थामा लाईसेन्स भएको बन्दुक राख्न दिने प्रावधान भएपनि उनले सार्वजनिक कार्यक्रममा बन्दुक छ भनेर खुल्ला रुपमा धम्की दिएको टिप्पणी गरिएको छ । 

एक सार्वजनिक पदमा बसेर मिडिया मार्फत युवाहरुलाई लक्षित गरी धम्कीपूर्ण शब्द बोलेको भन्दै युवाहरुले पुनः खुल्ला मँचमा आएर बहस गर्न चुनौति दिएका छन् । मेयर जस्तो पदाधिकारीले मिडियामा प्रश्न गर्नेलाई सार्वजनिक धम्की दिएको भन्दै मेयरप्रति आक्रोस बढेको छ । 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

रास्वपा (घण्टी) का सांसद चन्दन सिंहसहित १४ जनाविरुद्ध भेदभावको मुद्दा दर्ता

  • २०८३ असोज २० मंगलबार

न्यूज ब्यूरो, बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा क्षेत्र नं. २ का सांसद चन्दनकुमार सिंहसहित १४ जनाविरुद्ध भेदभाव तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको छ । उच्च अदालत जनकपुरको

पूरा पढ्नुहोस्

Bureau Menus