प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुन प्रसाद सिंहको मन्त्रालयमा काज सरुवा

२०८३ असोज २२ बिहीबार
बेलुकी ५:०९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सर्पदंशका बिरामीको उपचारका क्रममा मृत्यु भएको प्रकरणमा प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुन प्रसाद सिंहलाई मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा काज सरुवा गरिएको छ ।

अस्पतालमा सर्पदंशका बिरामीको उपचारका क्रममा मृत्यु भएपछि उत्पन्न विवाद र घटनाको जिम्मेवारीसम्बन्धी प्रश्नका बीच निर्देशक सिंहलाई मन्त्रालयमा काज सरुवा गरिएको हो ।

सिंहलाई प्रादेशिक अस्पताल जनकपुरको निर्देशक पदबाट हटाएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा काजमा पठाइएको बताइएको छ ।

प्रादेशिक अस्पताल जनकपुरको निर्देशकका रूपमा सिंहले अस्पतालको सेवा व्यवस्थापन तथा प्रशासनिक नेतृत्व गर्दै आएका थिए । यसअघि पनि उनी अस्पतालको सेवा, जनशक्ति अभाव तथा पूर्वाधारसम्बन्धी विषयमा सार्वजनिक रूपमा धारणा राख्दै आएका थिए। 

सर्पदंशका बिरामीको उपचारमा भएको घटनापछि अस्पतालको उपचार व्यवस्थापन, उपलब्ध स्रोतसाधन तथा चिकित्सकीय प्रक्रियाबारे समेत प्रश्न उठेको छ । घटनाबारे थप छानबिन वा जिम्मेवारी निर्धारणसम्बन्धी आधिकारिक विवरण भने सार्वजनिक हुन बाँकी छ ।

मन्त्रालयले डा. सिंहलाई काज सरुवा गर्नुको औपचारिक कारण र घटनासम्बन्धी विस्तृत भने उल्लेख गरेको छैन् । मुख्यमन्त्री कार्यालयले जारी गरेको पत्रमा प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा. ईन्द्रजीत कुमार रजकलाई कामकाजमा पठाएको हो । 

  • 50%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 50%

धनुषाधाममा राष्ट्रिय बाणिज्य बैँकको शाखा विस्तार 

  • २०८३ असोज २२ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ । बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा. बैंकले जनाएको छ

पूरा पढ्नुहोस्

Bureau Menus