न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका–७ स्थित नौवाखोर प्रसाही स्वास्थ्य चौकीमा शुक्रबार एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ ।
नैना हस्पिटल प्रा।लि। एण्ड दिव्य क्लिनिक, जनकपुरधामको आयोजनामा तथा हंसपुर नगरपालिका–७ वडा कार्यालय र नौवाखोर प्रसाही स्वास्थ्य चौकीको सहयोगमा ‘पाठेघर बचाउ अभियान’ अन्तर्गत शिविर आयोजना हुन लागेको हो ।
भोली २३ गते शुक्रबार हुने शिविरमा स्त्री तथा प्रसूति रोग, निःसन्तान समस्या, जनरल फिजिसियन तथा सर्जरी र नवजात शिशु तथा बालरोगसम्बन्धी विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ ।
शिविरमा डा. बृजमोहन कुमार रजक, डा. अस्मिता कुमारी रजक, डा. इन्द्र भुषण सिंह र डा. इन्द्रजित कुमार रजकले स्वास्थ्य सेवा प्रदान गर्नेछन् ।
महिनावारीसम्बन्धी समस्या, तल्लो पेट दुख्ने, सेतो पानी जाने, कम्मर दुख्ने, थाइराइड, निःसन्तान समस्या तथा पाठेघर खस्ने समस्याको जाँच तथा उपचारका लागि परामर्श दिइनेछ ।
त्यसैगरी भाइरल, टाइफाइड, मलेरिया लगायत ज्वरोसम्बन्धी समस्या भएका बिरामीलाई समेत स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श उपलब्ध गराइने आयोजकले जनाएको छ ।
आयोजकले सम्बन्धित क्षेत्रका सर्वसाधारणलाई शिविरमा सहभागी भई निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवाको लाभ लिन आग्रह गरेको छ ।
अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?
- २०८३ असोज २२ बिहीबार
न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ । महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु
पूरा पढ्नुहोस्





