विदेह नगरपालिकामा मेयरले आफैँ ताला लगाएपछि विरोधमा उत्रे रास्वपाका रोहिता, मेयर दासलाई चेतावनी

२०८३ असोज २३ शुक्रबार
बेलुकी ५:०० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा विदेह नगरपालिकाका मेयर बेचन दास तत्माले नगरपालिकामा ताला लगाएको विरोधमा सिडिओलाई ज्ञापन पत्र बुझाएको छ । 

दुई दिन अगाडी मेयर दासले आफैँ नगरपालिकामा ताला हानेर चाभी सिडिओलाई बुझाएपछि मेयर दासले चाडपर्वको बेला जनतालाई सास्ती दिन खोजेको आरोप लगाएका छन् । 

उनले मेयर दासले गरेको तालाबन्दीको विरोधमा मोर्चाबन्दी गरेको जनाउँदै चाडपर्वको बेला वृद्धवृद्धाहरुको भत्ता, समाजिक सुरक्षा भत्ता नदिएर जानीबुझी नाटक गर्न खोजेको भन्दै यसको विरुद्धमा उत्रेको बताएका छन् । 

केही दिन अगाडी मात्रै कलम छापबाट घण्टीमा प्रवेश गरेका राजकिशोर रोहिता विदेह नगरपालिकाका दुई पटक प्रत्यासी मेयर पदका उम्मेदवार हुन् । उनी दाससँग दुई पटक दोस्रो मत ल्याउने उम्मेदवारको रुपमा चिनिन्छन् । 

चाडपर्बको बेलामा वृद्ध भत्ता,समाजिक सुरक्षा भत्ता, कर्मचारीहरुको तलब ,भत्ता लगायत आम नागरिकले दैनिक काम काज तथा सेवा सुविधाबाट नगरी अविलम्ब ताला खोलेर सहज गर्नुपर्ने माग उनले राखेका छन् । 

दशैँ अगाडी नै आम नागरिक, कर्मचारीलाई सहज नगरिए यसबाट हुने क्षतिको जिम्मा नगरपालिकाले नै लिनुपर्ने चेतावनी उनले दिएका छन् । जनता अब चुप लागेर नबस्ने उनले जनाएका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०८३ असोज २३ शुक्रबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus