
न्यूज ब्यूरो, जनकपुरधाम । जग्गा सम्बन्धी दुई पक्षबीच विवाद हुँदा एक जना वृद्धको मृत्यू भएको छ । उनको बुधबार मृत्यू भएको प्रहरीले जनाएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. १ स्थित दुई पक्षबीच झगडा हुँदा एक वृद्धको हृदयघातको कारण मृत्यू भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, क्षीरेश्वरनाथ ९ बस्ने बर्ष ३५ को श्याम कुमार शर्मा र बटेश्वर गाउँपालिका वडा नं. ५ शान्तीपुर बस्ने बर्ष ३४ को सुनिल कुमार साहबीच जग्गा सम्बन्धी विवाद भएको थियो । दुवै पक्षबीच झै झगडा हुँदा श्यामका बुवा बर्ष ७० का भोला शर्माको मृत्यू भएको हो । हर्ट (मुटु) को विरामी रहेका शर्मा दुई पक्षबीच चर्काचर्की र झगडा भएपछि सोही ठाउँमा ढलेका थिए ।
झगडा स्थलमै ढलेका भोलालाई उपचारको लागि रमदैयास्थित जानकी मेडिकल कलेजमा उपचारको लागि ल्याउँदा उनलाई डाक्टरले मृत घोषित गरेको थियो । बुधबार बेलुकी ८ः३० बजे झगडा भएको थियो । भोलालाई कुनै प्रकारको कुटपिट भने भएको छैनन् । मुटुको विरामी भएको कारण अधिक हल्लाले नै उनको मृत्यू भएको बताईएको छ ।
प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाएको हो । सो घटना भवितव्य किसिमको भएकोले कसैलाई पक्राउ भने गरिएको छैनन् ।
मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित
- २०८० असार ७ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह
पूरा पढ्नुहोस्