मधेशका युवाहरूले काठमाडौंमा सञ्चालनमा ल्याए मधेश पुस्तकालय तथा अनुसन्धान केन्द्र

२०८० श्रावण १९ शुक्रबार
रति ८:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौं । मधेशका युवाहरूको एक सक्रिय समूहले काठमाडौंमा मधेश पुस्तकालय तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याएका छन् ।

काठमाडौंको आलोकनगरमा उनीहरूले आजदेखि मधेश पुस्तकालय तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याएका हुन् ।

पुस्तकालयमा मधेश, देश र विश्व अनि विभिन्न क्रान्ति, संघर्ष र दर्शनसँग सम्बन्धित किताबहरू राखिएका छन् । यसका लागि किताब र आर्थिक सहयोग संकलन अभियान चलाइएको थियो । 

यो अभियान निरन्तर रहने र पुस्तकालयलाई थप व्यवस्थित अनि विकसित गर्दै लैजाने योजना युवाहरूको छ । मधेश पुस्तकालय तथा अनुसन्धान केन्द्रले मधेशको विषयमा खोज र अनुसन्धानहरू समेत गर्नेछन्  । 

मधेश पुस्तकालय तथा अनुसन्धान केन्द्रको उद्घाटन सबै जना मिलेर रिवन (फित्ता) काटेका थिए । प्रवेश गरिसके पछी मधेश शहिदहरूको चिर शान्तिका लागि मौन धारण समेत गरेका थिए । 

यसको उद्घाटनको अवसरमा आज 'मधेशमा शिक्षा' विषयक अन्तरक्रिया कार्यक्रमसमेत राखिएको थियो । अन्तरक्रिया कार्य्रक्रमका लागि वक्ताहरू सिएन थारु, सोहन साह, र संघर्ष दहाल रहेका थिए। वक्ताहरूले यो प्रयासको सराहना गरेका छन् ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बुटवल–कपिलवस्तुमा सुन चोरी गर्ने ‘पाकिस्तानी महिला गिरोह’ को पर्दाफास, बुर्का लगाएर चोरी

  • २०८० श्रावण १९ शुक्रबार

न्यूज ब्यूरो, बुटबल । बुटवल र कपिलवस्तुमा श्रृंखलाबद्ध रूपमा सुन चोरी गर्दै हिँड्ने दुई महिला अन्ततः प्रहरीको नियन्त्रणमा परेका छन्। पक्राउ परेका दुवै महिला पाकिस्तानी नागरिक भएको खुलासा भएको छ। प्रहरीका

पूरा पढ्नुहोस्

Bureau Menus