न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले व्यक्तिगत दुश्मनीको कारण एक जनालाई फँसाउन खोज्ने तीन जनालाई पक्राउ गरेको छ ।
गत पुस ८ गते हुलाकी सडक अन्तर्गत करिब ५ः२५ बजेको समयमा धनुषाको औरहीबाट जनकपुर आउँदै गरेको मोटरसाईकलमा लागुऔषध राखिएको भनेर सुराकी दिने व्यक्तिसहित तीन जनालाई पक्राउ गरिएको हो ।
९१७३ नम्बरको मोटरसाईकलमा लागुऔषध जाँदैछ भनेर प्रहरीलाई खवर गर्ने व्यक्तिलाई पक्राउ गरिएको छ । उनले नै व्यक्तिगत रिसवीको कारण फँसाउन खोजिएको प्रमाण भेटेपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धनुषा शहिदनगर नगरपालिका वडा नं. ६ हठिपुर बस्ने खुसिलाल यादवको ३४ बर्षिय छोरा सुभाष यादव, विदेह नगरपालिका वडा नं. ४ टाढी बस्ने पवन कुमार यादवका २७ बर्षिय छोरा पुनित कुमार यादव र मोसा चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
फँसाउने मनसायले मोटरसाईकलको सिटमा लागुऔषध राखेर फँसाउन हुन सक्ने मनसायको आशंका प्रहरीले गरेको छ । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१६ अन्तर्गत हुलाकी सडक खण्डमा औरहीबाट जनकपुरतर्फ आउँदै गरेको एक मोटरसाइकललाई रोकी जाँच गरिएको थियो। जाँचका क्रममा मोटरसाइकल चालकको सिटमुनि कालो प्लास्टिकमा राखिएको लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद पदार्थ प्लास्टिकसहित ६ दशमलव ९९ ग्राम र प्लास्टिक बाहेक ५ दशमलव ९८ ग्राम तौलको रहेको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त लागुऔषध गलत मनसायले राखिएको देखिएपछि मोटरसाइकल चालकसहित संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
रौतहटमा दलित युवकलाई कुटदाकुटदै मारे, चार जनामाथि मुद्दा
- २०८२ पौष १६ बुधबार
न्यूज ब्यूरो, रौतहट । रौतहटको कटहरिया नगरपालिका–४ स्थित बहादुरपुरमा मोबाइल चोरी गरेको झुटा आरोपमा निर्ममतापूर्वक कुटिएका एक दलित युवकको उपचारका क्रममा मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएपछि कुटपिटमा
पूरा पढ्नुहोस्भाईरल समाचार




