धनुषा २ बाट रातारात चेन्ज भयो रास्वपाका उम्मेदवार, फाईनल लिस्टमा परेका साहु हटाइए, यादव भित्र्याइए 

२०८२ माघ ७ मंगलबार
बेलुकी ६:०४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्रत पार्टी (रास्वपा) का उम्मेदवार रातारात चेन्ज भएको छ । 

हिजोसम्म धनुषा २ बाट दिनेश साहु उम्मेदवार रहेको रास्वपाले मध्यराती उम्मेदवार परिवर्तन गरेको हो । दिनेश साहुलाई हटाएर राम विनोद यादवलाई उम्मेदवार बनाइएको हो । रामविनोद यादवले आजै उम्मेदवारी दर्ता गराएका हुन् । 

फाईनल लिस्टमा परेका दिपक साह र दिनेश साहुलाई अन्तिम समयमा हटाएर राम विनोद यादवलाई राखिएको हो । सोमबारसम्म रास्वपाको अन्तिम लिस्टमा परेका दिपक साह र दिनेश साहु मध्ये दिनेश साहु पक्का भएका थिए । राजनीतिक समिकरण र स्थानीय नेताहरुको आँकलनमा रामविनोद यादवलाई उम्मेदवार बनाइएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेश आन्दोलनको १९ बर्ष पुरा, आज बलिदानी दिवस मनाइदै 

  • २०८२ माघ ७ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । प्रथम मधेश आन्दोलनको आज १९ वर्ष पूरा भएको छ। यही दिन २०६३ साल माघ ५ गते आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए। प्रथम बलिदानीको

पूरा पढ्नुहोस्

Bureau Menus