प्रतिनिधिसभा निर्वाचनः धनुषा–३ बाट नेकपाका उम्मेदवार रामललित मण्डल

२०८२ माघ ७ मंगलबार
बिहान ०७:५२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट नेता रामललित मण्डललाई उम्मेदवारका रूपमा चयन गरेको छ। पार्टीबाट टिकट प्राप्त गरेसँगै स्थानीय स्तरमा उनका समर्थक तथा कार्यकर्ताहरूले खुसी व्यक्त गरेका छन्।

दीर्घकालदेखि वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका मण्डललाई संगठन निर्माण, जनसम्पर्क र जनताको मुद्दा उठाउने नेताका रूपमा चिनिँदै आएको छ। पार्टी नेतृत्वले उनलाई सक्षम, जनमुखी र प्रतिबद्ध नेताका रूपमा विश्वास गर्दै उम्मेदवार बनाएको जनाएको छ।

टिकट घोषणापछि नेता मण्डलप्रति शुभकामना तथा समर्थनको लहर बढ्दै गएको छ। समर्थकहरूले उनलाई आगामी निर्वाचनमा विजयी गराउने प्रतिबद्धता व्यक्त गर्दै सफल कार्यकालको अपेक्षा गरेका छन्।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

 मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

  • २०८२ माघ ७ मंगलबार

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।

पूरा पढ्नुहोस्

Bureau Menus