न्यूज ब्यूरो, जनकपुरधाम । आगामी फागुन २१ गते तोकिएको निर्वाचनको लागि धनुषा निर्वाचन क्षेत्र नं. २ को रास्वपाबाट दिनेश साहु चुनाव लडने पक्का भएको छ ।
धनुषाको औरही गाउँपालिका वडा नं. ५ हरुसाहा निवासी ५४ बर्षिय दिनेश साहुले धनुषा निर्वाचन क्षेत्र नं. २ बाट आफ्नो उम्मेदवारी लगभग पक्का भएको दाबी गरेका छन् । समाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका दिनेश साहुले पार्टी अध्यक्ष रवि लामिछानेसँग भेट गरी धनुषा निर्वाचन क्षेत्र नं. २ को लागि लगभग पक्का भएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झासँगको समन्वयमा समेत साहुले आफू पक्का भएको बताए । उनले ६ गते मनोयन दर्ता गराउने दाबी गरे ।
बि.ए. शिक्षा रहेको साहु यस अघिदेखि नै राजनीति क्षेत्रमा सक्रिय रहँदै आएको बताए । उनले धनुषा निर्वाचन क्षेत्रमा रहेको पुराना दलको समिकरण र पुरानो प्रवृतिलाई यसपाली जनताले मत दिएर फेर्ने बताए ।
यस क्षेत्रको बर्षौबर्षदेखि एउटै रबैया रहँदै आएकोमा आफू जिते सर्वप्रथम विकृत रबैया परिवर्तन गर्ने बताउँदै शिक्षा, स्वास्थ्य र कृषि यी तीनटा एजेन्डामा दु्रत गतिमा काम गर्ने प्रतिवद्धता जाहेर गरे । उनले माघ ६ गते उम्मेदवारी दर्ता गराउने बताए ।
लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव
- २०८२ माघ ४ शनिबार
- न्यूज ब्यूरो, नेपाल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश
पूरा पढ्नुहोस्


.jpeg)

