न्यूज ब्यूरो, जनकपुरधाम । प्रथम मधेश आन्दोलनको १९ वर्ष पूरा भएको छ। ५ माघ २०६३ मा मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए।
प्रथम बलिदानीको सम्झनामा युथ एसोसिएसन अफ नेपाल माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।
२०६२/०६३ सालको जनआन्दोलनको सफलता पछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा संघीयता र समावेशिता समावेश नगरेको जनाउँदै तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन गरिएको थियो।
माघ २ गते सुरु भएको आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहान स्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेशको ज्यान गएको थियो। त्यसपछि मधेशभर आन्दोलन चर्किएको थियो।
सोही दिनलाई सम्झिदै यानले यस वर्ष पनि सहिदहरुको सम्झनामा काठमाडौंको माइतीघरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेका छन।
यान केन्द्रिय सदस्य राहुल मण्डलको नेतृत्वमा भएको कार्यक्रममा यान कार्यवाहक अध्यक्ष मनिषा साह, राजनीतिक विश्लेक राकेश मिश्र, टिएमएनसी संयोजक सि।एन थारु, राष्ट्र मुक्ती क्रान्ति पार्टीका महासचिव अनिल महासेठ, जसपा नेपालका युवा नेता जयनरायण यादव, मधेस लाइब्रेरीका संरक्षक आभाष गुरु, नेपाल ल क्याम्पस स्ववियु उपसभापति बिकास यादव लगायत तीन दर्जन युवाहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न वक्ताले आ(आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रम संचालन सुजित पंडित र कार्यक्रम समापन यान केन्द्रीय उपाध्यक्ष गौतम शर्माले गरेका थिए।
जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी
- २०८२ माघ ७ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् । आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२
पूरा पढ्नुहोस्




