न्यूज ब्यूरो, जनकपुरधाम । सबैला नगरपालिका वडा नं. ११ का वडाध्यक्ष ई. सरोज कुमार यादवले क्षेत्रबाट चुनाव लडने कुनै तुक नरहेको बताएका छन् ।
समाजिक सँजालमा चर्चा पाएका वडाध्यक्ष यादवले वडा नं. ११ वासीका लागि गरेको वाचा अझै पुरा नभएको भन्दै सो वडाको लागि कम्तीमा ७० प्रतिशत विकास गरेर मात्र अगाडीको राजनीतिक यात्रा तय गर्ने बताएका छन् ।
समाजिक सँजालमा धनुषा निर्वाचन क्षेत्र नं. १ बाट चुनाव लडने भनेर चर्चा चलिरहँदा न्यूज ब्यूरोसँग वडाध्यक्ष यादवले क्षेत्रबाट प्रतिनीधिसभा वा प्रदेशसभामा चुनाव लडने कुनै तुक नरहेको प्रष्टयाए । उनले लेख्नेहरु लेखेको बताउँदै आफू क्षेत्रीय चुनाव नलडने प्रष्टयाएका छन् ।
विहिबार न्यूजब्यूरोसँगको संक्षिप्त कुराकानीमा वडाध्यक्ष यादवले गत भदौमा भएको जेनजी आन्दोलनको उदेश्यलाई आत्मसात गरेको बताए । उनले पुराना दल र पुराना प्रणालीबाट आजित भएका आम नागरिकहरुले देशमा नयाँ परिवर्तन, उत्तम विकास, शिक्षा विकास, भौतिक पूर्वाधार विकासको सपना देखेकोले आफू वडावासीको लागि गरेको वाचा पुरा गरेर मात्र अगाडी बढने बताए ।
उनले भने,“अहिले लहैलहैमा चुनाव लडने मुडमा छैन, मेरो वडावासी, सबैला नगरवासीको सपना पुरा गर्नुछ, अहिले तल्लै पदमा उम्मेदवारी हुन्छ, उही जनताले सम्झे पुनः सेवा गर्नेछु । धेरै कार्यहरु अधुरो छ । सो कार्यहरु पुरा गरिसकेपछि मात्र आगामी राजनीतिक यात्रा चढनेछु । अहिले आफ्ना जनतासँग गरेको वाचा पूरा गर्नुछ । मलाई कलँको जिन्दगी जिउनु छैन् ।”
सबैला नगरपालिका वडा नं. ९ भठिहनमा भएको यादवचोक विवादको सन्दर्भमा प्रहरीले एक जनालाई मलद्धारमै गोली हानेपछि उनले दिएको एक भिडियो सन्देशपछि समाजिक सँजालमा चर्चा पाएको थियो । उनले जातपातभन्दा विकासको लागि आन्दोलन गर्नुपर्ने धारणा भिडियो मार्फत सार्वजनिक गरेपछि चर्चामा आएका थिए ।
उनले आफ्नो वडामा विकासको लागि विभिन्न निकायमा धाईरहने, लगातार प्रयास गरिरहने, विकृतिविरुद्ध आन्दोलन गर्ने प्रवृतिका वडाध्यक्ष हुन् । उनलाई सिस्टमसँग लडन सक्ने क्षमता भएको पढेलेखेका जनप्रतिनीधिको रुपमा चिनिएको छ । उनी सबैला नगरपालिका वडा नं. ११ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो छाप) निर्वाचित हुन् ।
जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा
- २०८२ माघ २ बिहीबार
न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् । आईतबार जसपा
पूरा पढ्नुहोस्




