रौतहट-३ बाट पुनम यादवको उम्मेदवारी, जनताले पत्याउँला नयाँ अनुहार ?

२०८२ माघ ८ बुधबार
बिहान ११:२८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट । रौतहट निर्वाचन क्षेत्र नं. ३ बाट यसपाली नेपाली कम्यूनिष्ट पार्टीबाट पुनम यादवले उम्मेदवारी दर्ता गराएकी छन् । देशैभरि सनातनी पुनम भनेर चिनिएकी यादवले रौतहट ३ बाट उम्मेदवारी दर्ता गराएकी हुन् । 

नेकपा एकिकृत र नेकपा माओवादी (केन्द्र) मिलेर बनेको नेपाली कम्यूनिष्ट पार्टीबाट एकल उम्मेदवार भएपछि उनलाई जित्न सजिलो हुने उनका समर्थकहरु बताउँछन् । देशभरि चिनिएकी पुनमलाई उनका क्षत्रका जनताले समेत क्षेत्रको कार्यभार सम्हाल्न आग्रह गरेपछि राजनीतिमा आएको उनले बताइन् । 

न्यूज ब्यूरोसँगको कुराकानीमा उम्मेदवार यादवले आफू धर्म, सँस्कृति, सँस्कार र वर्तमान समाजलाई शान्तीको मार्गमा लिएर जाने बताइन् । उनले खिया लागेका नेताहरुबाट आजित भएका यस क्षेत्रका जनताले अनुहार र प्रतिनीधि रिप्लेस गर्ने मुडमा रहेको बताइन् । 

अध्यक्ष प्रचण्डसँग प्रत्यक्ष राजनीतिक सम्पर्कमा रहेकी पुनम यादव केही दिन अगाडी सँजय दत्तलाई नेपाल ल्याएर चर्चामा आइन् । त्यसअघि उनले भारतीय चर्चित बाबाहरु धीरेन्द्र शास्त्री जस्तालाई नेपाल ल्याएकी थिइन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाधाममा राष्ट्रिय बाणिज्य बैँकको शाखा विस्तार 

  • २०८२ माघ ८ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ । बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा. बैंकले जनाएको छ

पूरा पढ्नुहोस्

Bureau Menus