न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा एमालेका नेता महेश बस्नेतले “छाउरा” शब्द प्रयोग गरेकोप्रति माफी मागेका छन् । विहिबार उनले आफ्नो फेसबुक स्टेटसमा शब्दको गलत अर्थ लागेको भन्दै माफी मागेका छन् ।
बुधबार उनले एक कार्यक्रममा जनकपुरमा बालेनले ठेठ मैथिल मधेशी भाषामा “मधेशके छौरा” शब्द भनेर भाषण दिएपछि बस्नेतले त्यसलाई गलत अर्थ लगाउँदै छाउरा भनेर सम्बोधन गरेको भन्दै कटाक्ष गरेका थिए ।
बस्नेतको चौतर्फी विरोध भएपछि उनले अन्ततः माफी मागेका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्,
"बालेन भाइले ‘म मधेशको छौरो’ भनेको सन्दर्भमा मैले मैथिली भाषामा त्यसको अर्थ के लाग्छ भनेर सोधेको विषयलाई केही व्यक्तिहरूले गलत नियतले प्रचार गरेको देखिन्छ। म मधेश, मैथिली भाषा, संस्कृति र पहिचानलाई सधैं सम्मान गर्ने व्यक्ति हुँ। मैले नबोलेका बिषयलाई गलत व्याख्या नगरिदिन अनुरोध गर्दछु। कसैले गलत अर्थ लगाएर फैलाएको प्रचारप्रति भ्रममा नपर्न सबैमा आग्रह गर्दछु। यस क्रममा कसैलाई अनजानमा चोट पुगेको भए म क्षमायाचना गर्दछु।"
यसअघि मधेशी समुदायले शब्दको गलत अर्थ लगाएर मधेशप्रतिको भावना प्रकट गरेको भन्दै विरोध जनाएको थियो । लगत्तै उनले सार्वजनिक माफी मागेका हु्न् ।
वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज
- २०८२ माघ ९ बिहीबार
भाईरल समाचार




