न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. २ जसपा नेपालका उम्मेदवार पशुपति यादवले चुनावी प्रचारलाई तीव्र बनाउँदै गाउँ–टोलस्तरमा जनतासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै यादवले घरदैलो अभियान, स्थानीय भेला तथा अन्तरक्रियामार्फत मतदाताको विश्वास जित्ने प्रयास गरेका छन्।
गाउँ–गाउँमा पुगेर स्थानीय बासिन्दाका समस्या, आवश्यकता र अपेक्षा सुन्ने क्रममा यादवले शिक्षा, स्वास्थ्य, रोजगारी, सिंचाइ तथा सडक पूर्वाधारलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “जनताको दुःख–सुख नजिकबाट बुझेर मात्र प्रभावकारी प्रतिनिधित्व सम्भव हुन्छ,” उनले भेटघाटका क्रममा बताएका छन्।
स्थानीय मतदाताहरूले पनि उम्मेदवार यादवप्रति चासो र उत्साह देखाएका छन्। लामो समयदेखि समाधान नपाएका स्थानीय समस्या संसद्मा मजबुत रूपमा उठाइदिने आशा व्यक्त गर्दै उनीहरूले यादवको सक्रियताप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका स्थानीय नेता–कार्यकर्ताहरूको सक्रिय सहभागितामा सञ्चालन भइरहेको यस अभियानले धनुषा–२ मा चुनावी माहोल थप तातिएको देखिन्छ। उम्मेदवार यादवले आगामी दिनमा अझ व्यापक रूपमा जनसम्पर्क अभियानलाई निरन्तरता दिने बताएका छन्।
तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?
- २०८२ माघ ८ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका
पूरा पढ्नुहोस्भाईरल समाचार




