रहेनन् नेपाली चलचित्रका वरिष्ठ अभिनेता 'सुनिल थापा'

२०८२ माघ २५ शनिबार
बिहान ०९:२० बजे
न्यूज ब्यूरो, डेस्क

काठमाडौं। वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। चलचित्र क्षेत्रमा ‘राते काँइला’ नामले परिचित थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।

स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ।

नेपाली चलचित्रमा प्रायः ‘खलनायक’ भूमिकामा देखिँदै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थिए। उनले दुवै मुलुकका विभिन्न चलचित्रमा अभिनयमार्फत आफ्नो छुट्टै पहिचान बनाएका थिए।

परिवारका अन्य सदस्य भारतको मुम्बईमा बसोबास गर्दै आए पनि थापा काठमाडौंको शंखमुलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थिए।

थापाको निधनप्रति चलचित्रकर्मी तथा कलाकारहरूले शोक व्यक्त गरेका छन्। कलाकार केदार घिमिरे (माग्नेबुढा)ले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, “वरिष्ठ कलाकार सुनिल थापा दाइको अप्रत्याशित निधनको खबरले स्तब्ध बनाएको छ। नेपाली चलचित्र उद्योगले आज अर्को एक महान् व्यक्तित्व र बलियो धरोहर गुमाएको छ। कला क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ। भावपूर्ण श्रद्धाञ्जली दाइ, वैकुण्ठ वास होस्।”

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०८२ माघ २५ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus