Close This

जनकपुरः बिहेको मटकोरमा नाच्दै गर्दा युवकको किचिएर मृत्यू, खुसी शोकमा परिणत

२०८२ फाल्गुण २६ मंगलबार
दिउसो १२:०० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । बिहेको मटकोरमा नाच्दै गरेका एक युवकको ट्रयाक्टरमा किचिएर ज्यान गएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिझस्थित सो घटना भएको हो । 

गएराती नक्टाझिझको सुग्जोर पुलस्थित बिहेको मटकोरमा डान्स गरिरहेका धनुषा मिथिलाबिहारी नगरपालिका वडा नं. ६ तारापट्टि सिरसिरया बस्ने बर्ष १९ का मनिष राउतको ज्यान गएको हो । 

मटकोर भइरहेको बेला सडकमा डिजे बजाएर नाच्दै गरेका राउतले नाच्दा नाच्दै लडेका थिए । सोही बाटो भएर जाँदै गरेको ट्रयाक्टर अचानक आएपछि उनलाई किचेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । 

डिजेमा नाचगान गर्दै गर्दा राउत लडेको प्रत्यदर्शीहरुले बताएका थिए ।  यता ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ भने घटनाको अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । 

  • 9%
  • 18%
  • 9%
  • 9%
  • 55%
  • 0%

लोकतन्त्रमा परिवारवाद राजतन्त्रको प्रतिबिम्ब

  • २०८२ फाल्गुण २६ मंगलबार
  • शशिकान्त मण्डल

राजनीति परिवारको भविष्य सुनिश्चित गर्ने कुनै व्यक्तिगत पेशा वा व्यवसाय होईन। राजनीति सकारात्मक सामाजिक परिवर्तन एवं समाजको समग्र विकासका लागि गरिने समाजिक सेवा हो। राजतन्त्र जस्तो राजाको परिवार नै राजा हुनुपर्ने

पूरा पढ्नुहोस्

Bureau Menus