कोशी प्रदेशका एमालेका साँसदहरुले प्रधानमन्त्री बालेनसँग भने-'ओलीको तत्काल रिहाई गरियोस् '

२०८२ चैत १६ सोमबार
बेलुकी ५:४१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौँ ।  कोशी प्रदेशका जनप्रतिनिधिहरूसँग भएको छलफलका क्रममा नेकपा एमालेका सांसदले पार्टी नेतृत्वको गिरफ्तारीप्रति कडा असन्तुष्टि जनाएका छन्। 

धनकुटाबाट निर्वाचित सांसद राजेन्द्र राईले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष आफ्ना धारणा राख्दै एमाले अध्यक्ष केपी शर्मा ओली लाई तत्काल रिहा गर्न माग गरेका हुन्।

सोमबार आयोजित उक्त छलफलमा प्रधानमन्त्री शाहले प्रदेश सांसदहरूसँग उनीहरूको निर्वाचन क्षेत्रका समस्या, विकास आवश्यकता र जनअपेक्षाबारे जानकारी लिने उद्देश्यले बैठक बोलाएका थिए। तर बैठककै क्रममा राईले राजनीतिक प्रतिशोधका आधारमा ओलीलाई पक्राउ गरिएको आरोप लगाउँदै सरकारको कदमप्रति आपत्ति जनाए।

उनले आफ्ना भनाइमा, “हाम्रो पार्टी अध्यक्षलाई पूर्वाग्रहका आधारमा थुनिएको छ, यस्तो कार्य तत्काल सच्याइनुपर्छ,” भन्ने आशय व्यक्त गरेका थिए। साथै, सांसदहरूलाई स्वकीय सचिव राख्न नदिने व्यवस्थाप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे।

“हामीलाई प्रभावकारी रूपमा काम गर्न भनिन्छ, तर आधारभूत सहयोगका लागि स्वकीय सचिवसमेत राख्न नपाउने अवस्था किन सिर्जना गरिन्छ ?” भन्दै उनले प्रश्न उठाएका थिए।

बैठकमा सहभागी अन्य एक सांसदका अनुसार, राईले आफ्ना मागहरू स्पष्ट रूपमा राखे पनि प्रधानमन्त्री शाहले त्यसबारे कुनै प्रत्यक्ष प्रतिक्रिया नदिएको बताइएको छ। उनका अनुसार प्रधानमन्त्रीले उक्त विषयमा मौनता अपनाएका थिए र कुनै औपचारिक जवाफ दिएका थिएनन्।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सुनचाँदीको मूल्यमा लगातार पहिरो, अब यति सस्तियो सुन

  • २०८२ चैत १६ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली बजारमा सुनको मूल्य लगातार भारी मूल्यले घट्ने क्रम जारी छ। आइतबार तोलामा १२ हजार पाँच सय घटेको सुनको मूल्य सोमबार ६ हजार ५ सय रुपैयाँ

पूरा पढ्नुहोस्

Bureau Menus