यातायात कार्यालयबाट फेरी ७ जना दलाल पक्राउ, ५३ थान बिलबुक समेत बरामद

२०८२ चैत १७ मंगलबार
दिउसो ३:२६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौँ । यातायात कार्यालयमा देखिएको बेतिथि हटाउन सरकार र प्रहरी अहिले एक्सन सुरु गरको छ । सोही क्रममा पुनः आज ७ जना दलाल( बिचौलियां) पक्राउ परेका छन् । 

दुई दिन अगाडी मात्र ललितपुरको एकान्तकुना यातायात कार्यालयबाट १५ जना दलाल पक्राउ परेकोमा आज फेरी काठमाडौं महानगरपालिका वडा नं. १५ सानो भर्‍याङस्थित यातायात कार्यालयबाट सात बिचौलिया पक्राउ परेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले मंगलबार सात बिचौलियालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछापको उमाकुण्ड गाउँपालिका–४ का ३९ वर्षीय विज्ञान राई, काठमाडौं तारकेश्वरका ३१ वर्षीय सञ्जय राजवाहक, काठमाडौं रानिवनका ३६ वर्षीय विमल तामाङ, रामेछापको खाँडादेवी गाउँपालिका–७ का ३५ वर्षीय रमेश कार्की, धादिङको निलकण्ठ नगरपालिका–५ कि ३६ वर्षीया कल्पना लम्साल र नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का ३९ वर्षीय उद्धव खनाल छन् ।

उनीहरूबाट ५३ थान बिलबुक र १ लाख २२ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । उनीहरूले सेवाग्राहीलाइै दुःख हैरानी दिने, बिलबुक नवीकरण गरिदिन्छु भन्दै सार्वजनिक सेवा प्रवाहमा बाधा अवरोध गरेको पाइएको एसएसपी थापाले बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०८२ चैत १७ मंगलबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus