न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका गृहमन्त्री फकिरा महतो यतिबेला जनकपुरको अतिक्रमित सडकहरुलाई अतिक्रमणमुक्त गराउन व्यस्त देखिन्छन् । हुनतः उनको जिम्मेवारी प्रदेशभरि नै भएपनि अहिले प्रदेशको राजधानी जनकपुरमा उनको एक्सन हेर्न लायक छ ।
विगत केही दिनदेखि गृहमन्त्री फकिरा महतो आफैँ दलबलसहित फिल्डमा उत्रेका छन् । जनकपुरको विभिन्न स्थानमा सडक कब्जा गरी, अतिक्रमण गरी, फुटपाथ अतिक्रमण गरी व्यवसाय गर्दै आएकोमा अहिले सबै ठाउँको अतिक्रमण हटाएर सफा शहरको रुपमा पहिचान दिलाउन दिनरात लागेका छन् ।
मन्त्रीको हैसियतले उनी आफैँ सुरक्षाकर्मीसहित जनकपुरको विभिन्न स्थानको फुटपाथ खाली गराउन लागिपरेका छन् । जनकपुरको शिवचौकस्थित फुटपाथ खाली गराएर उनी एकाएक चर्चामा आएका छन् । यस्तै जनकपुरभरि व्यवसायीहरुले फुटपाथ अतिक्रमण गरी राखेको समान हटाएर अतिक्रमणमुक्त गराई फुटपाथलाई मानिस हिडने बनाएका छन् ।
यद्यपी, जनकपुरको रामचोकदेखि पेठीया बजार जाने बाटोमा अझै व्यापारीहरुले सडकमै व्यापार गर्दैछन् । उनीहरुले पसलको समान सडकमा राखेर जाम गर्दा सवारी आवतजावतमा निकै समस्या भएको देखिएको छ ।
सडकको दुवै छेउमा पसलेहरुले सडकमै समान राख्दा मोटरसाईकल, चारचक्के सवारी आवतजावतमा समस्या र कठिनाई भईरहेको छ । समाजिक सँजाल मार्फत यसको विरोध गर्दै गृहमन्त्री फकिरा महतोलाई ध्यानकर्षण गराएको छ ।
जनकपुरको सबभन्दा ठुलो बजार मानिएको पेठीया बजारमा दुर्गन्ध, फोहोर र त्यसभन्दा पनि सडक छेउको व्यापारले मानिसलाई असहज बनाएको छ । स्थानीयहरुले सो सडक बाटो पनि खाली गराइदिन गृहमन्त्री फकिरासँग माग उठाएका छन् ।
रौतहटमा दलित युवकलाई कुटदाकुटदै मारे, चार जनामाथि मुद्दा
- २०८२ चैत १८ बुधबार
न्यूज ब्यूरो, रौतहट । रौतहटको कटहरिया नगरपालिका–४ स्थित बहादुरपुरमा मोबाइल चोरी गरेको झुटा आरोपमा निर्ममतापूर्वक कुटिएका एक दलित युवकको उपचारका क्रममा मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएपछि कुटपिटमा
पूरा पढ्नुहोस्


