सिरहाको यी विद्यालयमा छैनन शौचालय र पानी, प्रअ यादवले झ्वाम्म पारेको आरोप

२०८२ चैत १५ आइतबार
बिहान ०९:४२ बजे
सबिन यादव

न्यूज ब्यूरो, सिरहा । सिरहाको नरहा गाउँपालिकास्थित रहेको एक समुदायिक विद्यालयमा अहिलेसम्म न शौँचालय न खानेपानीको व्यवस्था छ भनेर भन्दा अपत्यार लाग्न सक्छ, तर सत्य यही हो । नरहा गाउँपालिका वडा नं. ३ बतराही खोरियास्थित रहेको जनता आधारभूत विद्यालयको अवस्था यस्तै छ । 

२०५५ सालमा स्थापना भएको आधारभूत विद्यालयमा स्थापनाकालदेखि नै प्रधानाध्यापकको रुपमा रामकुमारी यादव नियुक्त छिन् । तर, विद्यालयमा जाने सबै बजेट रामकुमारीले अन्य कर्मचारीसँग मिलेर खाईदिन थालेपछि विद्यालयमा अझै न शौँचालय न त खानेपानीको व्यवस्था गर्न सकिएको छ । 

वडा नं. ३ को खोरिया बतराहीमा लगभग ८५ प्रतिशत बढी बालबालिका, जनसँख्या अनपढ छन् । उनीहरु शिक्षाको पहुँचबाट टाढा छन् । यसकै फाईदा उठाउँदै प्रधानाध्यापक रामकुमारी यादवले विद्यालयमा जाने बजेट झ्वाम्म पार्दै आएको नाम नखोल्ने शर्तमा एक कर्मचारीले बताए । 

२०५५ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा १ देखि ४ सम्म अध्ययन हुँदै आएको छ, जहाँ करिब १०० जना विद्यार्थी भर्ना भए पनि भौतिक पूर्वाधारको अभावका कारण पठनपाठन प्रभावित हुँदै आएको छ। विद्यालयमा न पर्याप्त कक्षा कोठा छन्, न शौचालयको अवस्था राम्रो छ, न त पिउने पानीको नै व्यवस्था रहेको छ।

रिपोर्टिङका क्रममा परीक्षा सञ्चालन भइरहँदा जम्मा दुई कोठामा सीमित विद्यार्थी मात्र उपस्थित देखिएका थिए। कक्षा १ र २ मा १० जना तथा कक्षा ३ र ४ मा १३ जना विद्यार्थी मात्रै उपस्थित थिए।

यस विषयमा गाउँपालिका अध्यक्ष राम प्रमोद यादवसँग प्रतिक्रिया लिन खोज्दा उनले “वडा अध्यक्षलाई सोध्नुस्” भन्दै सम्पर्क टुटाएका थिए।

शिक्षा शाखासँग सम्बन्धित सरस्वती साहले अनुगमन टोलीको जिम्मेवारीबारे आफू अनभिज्ञ रहेको बताउँदै विद्यालयका आर्थिक गतिविधिमा आफ्नो हस्ताक्षर बिना कुनै बिल पास नहुने दाबी गरिन्।

प्रधानाध्यापक रामकुमारी यादव भन्छिन्, “म २२ वर्षदेखि यही विद्यालयमा छु, तर न वडा कार्यालयले सहयोग गर्छ, न गाउँपालिकाले। बजेट माग्दा पनि बेवास्ता गरिन्छ।” उनले विद्यालयप्रति जानाजानी उपेक्षा गरिएको आरोप लगाउँदै अध्यक्षबाट आएको अभिव्यक्तिले आफूलाई झनै निराश बनाएको बताइन्।

स्थानीयवासीहरूले भने विद्यालयको दुर्दशाप्रति आक्रोश व्यक्त गरेका छन्। उनीहरूका अनुसार वर्षौँदेखि शौचालय, खानेपानी, कक्षा कोठा जस्ता आधारभूत आवश्यकता पूरा नभएको अवस्थामा बजेट कहाँ गयो भन्ने प्रश्न उठेको छ।
एक स्थानीयले भने, “विद्यालय जस्तो संवेदनशील क्षेत्रमा यस्तो लापरबाही किन ? छात्रवृत्ति, दिवा खाजा लगायतका बजेटको पारदर्शिता हुनुपर्छ।”

यस सन्दर्भमा वडा नं. ३ का वडा अध्यक्ष रुस्तम अन्सारीले भने, “मलाई पूर्ण जिम्मेवारी दिइयो भने एक वर्षभित्र विद्यालयको अवस्था सुधार्छु। तर गाउँपालिका र विद्यालय प्रशासनबीच समन्वय छैन।” उनले विगत वर्षहरूको बजेटको छानबिन गर्नुपर्ने आवश्यकता औंल्याए।

विद्यालयलाई लिएर सार्वजनिक रूपमा आएका यस्तो गम्भीर अभिव्यक्ति र आरोपहरूले शिक्षा क्षेत्रमा जिम्मेवार निकायको भूमिकामाथि प्रश्न उठाएको छ। सम्बन्धित निकायले यथाशीघ्र सत्यतथ्य छानबिन गरी आवश्यक सुधार नगरे भविष्यमा विद्यार्थीहरूको भविष्य थप संकटमा पर्ने देखिन्छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०८२ चैत १५ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus