जनकपुरः घुस लिँदै गर्दा सशस्त्र प्रहरीका ईन्सपेक्टर रँगेहात पक्राउ

२०८२ चैत २० शुक्रबार
बेलुकी ६:०० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर क्षेत्रबाट सशस्त्र प्रहरीका एक ईन्सपेक्टर घुससहित पक्राउ परेका छन् । 

सशस्त्र प्रहरीका प्रहरी निरीक्षक ओकिल अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले पक्राउ गरेको हो । उनलाई धनुषाको लालगढबाट पक्राउ गरेको हो ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले ४० हजार रुपैयाँ घुस रकमसहित उनलाई पक्राउ गरेको हो। 

आयोगका सूचनाअधिकारी प्रकाश पोखरेलले दिएको जानकारी अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण ठेकेदारसँग विभिन्न बहानामा रकम असुल्ने गरेको गुनासो आएपछि निगरानी बढाइएको थियो।

विशेष निगरानीका आधारमा उनी घुस रकमसहित पक्राउ परेका हुन्। 

निर्माण भइरहेको सडक खण्डमा माटो तथा ग्राभेल फिलिङ कार्यमा संलग्न सवारी साधनहरूलाई यो मिलेन र त्यो मिलेन भन्दै उनले काममा अनावश्यक अवरोध सिर्जना गर्ने र रकम माग्दै आएका थिए। 

आरोपितलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

  • 0%
  • 0%
  • 0%
  • 33%
  • 0%
  • 0%

रौतहटमा दलित युवकलाई कुटदाकुटदै मारे, चार जनामाथि मुद्दा 

  • २०८२ चैत २० शुक्रबार

न्यूज ब्यूरो, रौतहट ।  रौतहटको कटहरिया नगरपालिका–४ स्थित बहादुरपुरमा मोबाइल चोरी गरेको झुटा आरोपमा निर्ममतापूर्वक कुटिएका एक दलित युवकको उपचारका क्रममा मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएपछि कुटपिटमा

पूरा पढ्नुहोस्

Bureau Menus