स्वास्थ्य बीमा बोर्डमा अहिले मेरो पुनः नियुक्तीबारे मलाई थाहा छैन, मेरो श्रीमान (मन्त्री)सँग नजोडौँः जुनु श्रेष्ठ

२०८२ चैत २४ मंगलबार
दिउसो २:१९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । स्वास्थ्य बिमा बोर्डको सदस्यमा जुनु श्रेष्ठलाई पुनः नियुक्ति दिएको बिषय विभिन्न सँचारमाध्यममा आएपछि उनले खण्डन गरेकी छन् । 

सोमबारदेखि नै समाचार आएपछि उनले मँगलबारबिहान समाजिक सँजालमा एक स्टेटस लेख्दै “स्वास्थ्य बीमा बोर्ड सदस्य सम्बन्धि आइरहेको खबर प्रति मेरो कुनै सम्बन्ध छैन र मैले मनोनयन सम्बन्धि कुनै पत्र पनि बुझेको छैन।” भनेर प्रष्टयाइन् । बिहान ९ः३६ मा राखेको ती स्टेटसले उनलाई बोर्डको सदस्यमा पुनः नियुक्ती गरिएको बारे अनभिज्ञता प्रकट गरिन् । 

विभिन्न सँचार माध्यमसहित समाजिक सँजालमा समेत मन्त्रीकी श्रीमतिलाई नियुक्ति दिएको भन्दे चर्को आलोचना भएपछि जुनु श्रेष्ठले दिउँसो १२ः१० बजे पुनः एक स्टेटस लेख्दै पुरानो नियुक्तीलाई मिडिया ट्रायल गरेको आरोपसहित खण्डन गरेकी छन् । उनले यो बिषयमा आफ्नो श्रीमान (मन्त्री, दिपक साह, श्रम तथा रोजगारमन्त्री) लाई नजोडिदिन आग्रह गरेकी हुन् ।

उनले लेखेकी छन्–“स्वास्थ्य बीमा बोर्ड सदस्यमा मेरो नियुक्ति २०८० सालमा भएको हो । २०८० सालमा भएको यो नियुक्ति चार वर्ष अर्थात २०८४ सालसम्मका लागि हो । अहिलेको पुनः नियुक्तिको विषय मेरो जानकारीभन्दा बाहिरको विषय हो । साथै, मैले यसबारे कुनै आधिकारिक जानकारी पाएको छैन् । तसर्थ, अहिलेको नियुक्ति सम्बन्धि आइरहेको खबर भ्रामक हो र त्यसप्रति मेरो खेद छ। 
यस सम्बन्धि मेरो श्रीमानलाई नजोड्नुहुन म विनम्र आग्रह गर्दछु। ”

काठमान्डौँमा सँचालनमा रहेको केही मिडियाहरुमा समेत जुनु श्रेष्ठको पुनः नियुक्तिको बारेमा समाचार प्रकाशन गरेको छ । यद्यपी उनले खण्डन गर्दै आएकी हुन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८२ चैत २४ मंगलबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus