सरकारले अध्यादेश ल्याएपछि त्रिविका पदाधिकारीहरुले दिए सामुहिक राजीनामा

२०८३ बैशाख १७ बिहीबार
दिउसो ४:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौँ ।  त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् ।

उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् ।

सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश ल्याएपछि उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

सरकारलाई मार्गप्रशस्त गर्न राजीनामा दिएको शिक्षाध्यक्ष केसीले बताए। ‘सरकारले अध्यादेश ल्याउने भएछ । मार्ग प्रशस्त गरेर सरकारलाई सहयोग गरौं, नयाँ सरकारलाई काम गर्न सजिलो होस् भन्ने भएपछि राजिनामा बुझाएका हौं ।’ उनले भने ।

सरकारले नै मार्गप्रशस्त गर्न अनुरोध गरिसकेपछि राजिनामा दिने मनस्थिति बनाएको उनले बताए ।

अर्याल केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला २०८२ असार २५ गते उपकुलपति बनेका थिए । भने पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल नियुक्त भएका थिए । तत्कालीन उपकुलपति प्रा।डा।केशरजंग बरालको सिफारिसमा उनीहरूलाई तत्कालीन प्रधानमन्त्री प्रचण्डले शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेका थिए।

४ बर्षे कार्यकाल बाँकी छँदै उनीहरूले राजीनामा गरेका हुन्।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८३ बैशाख १७ बिहीबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus