न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाको नगरसभा गत चैत्त ३० गते सम्पन्न भयो । नगरसभा सम्पन्न भएको दुई साता बितिसक्दा पनि अख्यितारी नपाउँदा डगमडोल अवस्था भएको छ । कारण छ, कमला नगरपालिकाकी उपमेयर शिला देवी मण्डल र केही वडाध्यक्ष ।
बुधबार कमला नगरपालिकाकी उपमेयर शिलादेवी मण्डलले पत्रकार सम्मेलन गरी आफूलाई बेवास्ता गरी दबाबमा आर्थिक वर्ष २०८२/०८३ नगरसभाबाट बजेट ल्याए पनि नगरवासीको समस्या समाधान नभएको भन्दै आपत्ति जनाएकी छन् ।
उपमेयर मण्डलले आफूहरुको असहमतिको बावजुत ल्याइएको नगरसभा सम्पन्न गरेको दुई साता वित्दा पनि कार्यान्वयनमा नल्याइ मेयर विशेश्वर यादव र प्रमुख प्रशासकीय अधिकृत नै दुई सातादेखि नै सम्पर्कविहीन रहेको आरोप लगाइन् ।
आफूहरुले नगरसभा गर्नु अघि वितेको दुई वर्षसम्मको आर्थिक वर्षमा हालसम्म कुन कुन शीर्षकमा के कति खर्च गरिएको छ, विकास निर्माणका कामकारबाही र बजेट परिचालनलगायतका कामकारबाहीमा आफ्नो संलग्नता विना नै मेयर यादवको मिलेमतोमा प्रमुख प्रशासकीयले आफूहरुलाई थर्काएर त्रासदी वातावरणमा राखेर नगरसभा सम्पन्न गर्नु कानुनी व्यवस्थाको खिल्ली उडाएको उपमेयर मण्डलले भनिन् ।
उपमेयरले कमला नगरपालिकाको कार्यकारिणी समितिमध्ये आफूहरुसहित वडाध्यक्ष र वडाका सदस्यहरुसमेत गरी बहुमतीय रहेकाले मेयर यादव लुकिछिपी भाग्ने गरेको आरोप लगाइन् । उनले यस नगरसभालाई अवैधानिक रहेको भन्दै कमला नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष शरददेव यादवले बताए ।
कमला नगरपालिकाको नगरसभा सम्पन्न भएको दुई साताभन्दा बढी वितेको छ । तर यहाँका ज्येष्ठ नागरिकले ९ महिनादेखि भत्ता नपाएको भन्दै नागरिक समाज संघर्ष समितिका अध्यक्षसमेत रहेका स्थानीय विष्णुदेव राम यादवले गुनासो गरे । उनले आफूहरुले जसोतसो नगरसभा गरी शिक्षक, ज्येष्ठ नागरिक, कर्मचारी, बालबालिका, गर्भवत्ति महिलालगायतकाले नगरपालिकाबाट पाउनुपर्ने सेवासुविधा विगत ९ महिनादेखि नपाएको बताए । उनले नगरपालिकाले आफ्नो कामकारबाही नगर्दा आफूलाई निकै कठिनाइ भएको स्पष्ट पारे ।
सरकारले अध्यादेश ल्याएपछि त्रिविका पदाधिकारीहरुले दिए सामुहिक राजीनामा
- २०८३ बैशाख १७ बिहीबार
न्यूज ब्यूरो, काठमान्डौँ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् । सरकारले राजनीतिक नियुक्ति
पूरा पढ्नुहोस्






