धनुषामा एमालेका दर्जनौं नेता–कार्यकर्ता पार्टी छाडेर रास्वपामा प्रवेश

२०८३ बैशाख १७ बिहीबार
बिहान ०९:४४ बजे

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनुषा जिल्ला अन्तर्गत धनुषाधाम नगरपालिकाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरि रास्वपामा प्रेवश गरिएको हो ।

सार्वजनिक गरिएको संयुक्त पत्रमार्फत उनीहरूले एमालेको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन्। राजीनामा दिनेहरूमा नगर अध्यक्षदेखि वडा तहका जिम्मेवार पदाधिकारीसम्म रहेका छन् ।

राजीनामा दिने प्रमुख व्यक्तिहरूमा योग कुमार यादव (नगर अध्यक्ष), देव नारायण यादव (जिल्ला सदस्य), पवन देवी (जिल्ला लेखा समिति सदस्य), विनोद कुमार यादव (नगर सह-सचिव), मन्जू महतो (नगर महिला अध्यक्ष) लगायत रहेका छन्।

त्यस्तै, राम उद्गार यादव (राष्ट्रिय युवा संघ मधेश प्रदेश संयोजक तथा धनुषा इञ्चार्ज), आदेश कुमार यादव (युथ फोर्स धनुषा प्रमुख), कुसुमी देवी पासमान (मुक्ति समाज क्षेत्रीय अध्यक्ष), त्रिभुवन कापर (वडा नं. ४ अध्यक्ष), महेश कुमार साह (वडा नं. ११), नट्टा राई अमात (वडा नं. २ उपाध्यक्ष) तथा विरुदेव कुमार शर्मा (साधारण सदस्य) ले समेत सामूहिक रूपमा राजीनामा दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी धनुषा क्षेत्र १ का नेता किशाेरी कमल साह धनुषा जिल्ला सभापति लक्ष्मेशवर यादव लगायत उनीहरूलाई रास्वपा  पार्टी भित्र्याएको हाे ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मदरसाको गतिविधिमा निगरानी राखेर नेपालको हिन्दु–मुस्लिम विवाद समाधान गर्न सकिन्छ

  • २०८३ बैशाख १७ बिहीबार

हालै मधेश प्रदेशका धनुषा र आसपासका क्षेत्रमा हिन्दु–मुस्लिम समुदायबीच सामाजिक तनाव बढेको समाचारले समग्र नेपाली समाजका लागि चिन्ताको विषय प्रस्तुत गरेको छ। टिकटकजस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा धार्मिक संवेदनशील विषयलाई लिएर

पूरा पढ्नुहोस्

Bureau Menus