जनकपुरमा बालेन सरकारविरुद्ध सुकुम्बासीहरुको प्रदर्शन, घर भत्काउन पाउँदैन भन्दै मागे गुठीको लालपूर्जा

२०८३ बैशाख १७ बिहीबार
दिउसो ४:१६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनकपुरधामका सुकुमबासीहरूले लालपुर्जा माग गर्दै प्रदर्शन गरेका छन् ।

बिहीबार जनकपुरधाम उपमहानगरपालिकाका २३ विन्धीका सुकुमबासीहरूले लालपुर्जा माग गर्दै बालेन सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

उनीहरू जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय, मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका छन् । उनीहरूले ‘लालपुर्जा दे सरकार’, ‘घर भत्काउन पाइँदैन’, ‘डोजर आतंक बन्द गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् ।

२० वर्ष पहिला वडाले जग्गा उपलब्ध गराएपछि घर निर्माण गरेर बसिरहेकोमा २ हप्ताअघि वडा कार्यालयले जग्गा खाली गर्न सूचना टाँसेपछि आफूहरूको विचल्ली भएको सुकुमबासी सीता देवी मुखियाले जानकारी दिइन् ।

उनले २० वर्षमा थोरथोरै पैसा जम्मा गरेर बनाएको घरमा अब सरकारले डोजर चलाउने भनेदेखि आफूहरू कहाँ जाने, छोराछोरीलाई कसरी पाल्ने भन्ने अन्योलमा परेको बताइन् ।

वडा दिएको जमिनको लालपुर्जा प्रदान गर्न सुकुम्बासी मुखियाले जनकपुरधामका मेयर र प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरेका छन् । उनीहरूले लालपुर्जा उपलब्ध नगराए बाटो जाम गरेर सडकमा उत्रिने चेतावनी दिएका छन् ।

रास्वपा नेतृत्वको सरकारले देशभरका सार्वजनिक र गुठ्ठीको अतिक्रमित जग्गा खाली गराइरहेको छ । यसअघि सरकारले काठमाण्डु, वीरगञ्ज लगायतका स्थानमा अतिक्रमित जग्गा खाली गराएको छ भने अब जनकपुरधाममा पनि जग्गा खाली गराउन लागिएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा बालेन सरकारविरुद्ध सुकुम्बासीहरुको प्रदर्शन, घर भत्काउन पाउँदैन भन्दै मागे गुठीको लालपूर्जा

  • २०८३ बैशाख १७ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनकपुरधामका सुकुमबासीहरूले लालपुर्जा माग गर्दै प्रदर्शन गरेका छन् । बिहीबार जनकपुरधाम उपमहानगरपालिकाका २३ विन्धीका सुकुमबासीहरूले लालपुर्जा माग गर्दै बालेन सरकारविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरू जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय,

पूरा पढ्नुहोस्

Bureau Menus