Close This

आज साँझ जनकपुरसहित देशभरि ठुलो हावाहुरी, चटयाँग, असिना (पत्थर) को सम्भावना

२०८३ बैशाख १६ बुधबार
बिहान ०७:५९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  आज बुधबार जनकपुरसहित देशभर हावाहुरीसंगै पानी पर्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले दिएको छ ।

गत शनिबारदेखि पानी पर्ने, बादल लाग्ने भइरहेकामा मंगलबार रातिदेखि नै भने प्रि–मनसुन सक्रिय हुने देखिएको छ । पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भू– भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण बुधबार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।

त्यस्तै बुधबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि पानी पर्ने देखिए पनि कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने ठूलो वर्षाको पनि सम्भावना छ । विभागका प्रवक्ता विभूति पोखरलेका अनुसार प्रि–मनसुनको सिजन भएकाले मेघगर्जन, चट् याङ र हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

उनले भने, ‘आज राति कोशीका धेरै स्थान मधेश, बागमती र गण्डकीका केही स्थानमा पानी पर्ने देखिन्छ, बुधबार भने अझ विस्तार भएर देशभर पानी पर्ने आकलन छ । बुधबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ‘ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकरदुई स्थानमा पनि मध्यमसम्मको वर्षाको आकलन छ । बिहीबार भने मौसममा केही सुधार हुने सम्भावना रहेको छ । बिहीबार दिउँसो हिमाली र पहाडी भू–भागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाका सम्भावना रहेको छ । बुधबार साँझ देशका विभिन्न क्षेत्रमा हावाहुरी पनि चल्ने सम्भावना रहेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%

Bureau Menus