वीरगँजमा घर भत्काएको पीडा सहन नसकेर एक व्यवसायीको मृत्यू

२०८३ बैशाख १३ आइतबार
बिहान १०:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगँज ।  वीरगञ्जमा सडक विस्तारका नाममा गरिएको आकस्मिक तोडफोडले एक व्यवसायीको ज्यान गएको छ ।

घण्टाघरस्थित मेनरोडमा डेरा भाडामा बस्दै आएका व्यवसायी मुरारीलाल बजाज सडक विस्तारले घरबारविहीन बनेको सहन नसकेर मानसिक आघातका कारण हृदयघात भई निधन भएको पारिवारिक स्रोतको दाबी गरेको छ ।

सडक विभागको निर्देशनअनुसार २५र२५ मिटर सडक फराकिलो बनाउने अभियान अन्तर्गत मेनरोड क्षेत्रमा संरचना हटाउने क्रममा पर्याप्त समय नदिई हतारमा तोडफोड गर्दा उनले वैकल्पिक बसोबासको व्यवस्था गर्न नसक्दा घटनाले गम्भीर मानसिक तनावमा परेका थिए र सोही कारण गएराति हृदयघात बजाज परिवारको गुनासो छ । स्थानीयवासीले २४ घन्टासमेत समय नदिई गरिएको तोडफोडले मानवीय संवेदनामाथि ठेस पुगेको बताएका छन् ।

वीरगंजको मुख्य व्यापारिक केन्द्र मानिने उक्त क्षेत्रमा करिब १२ सय संरचना हटाइएको र त्यसबाट झन्डै ४८ सय घरपरिवार तथा साना–ठूला व्यवसाय प्रत्यक्ष प्रभावित भएका छन् । मृतक बजाज शारीरिक रूपमा अशक्त समेत रहेको र आदर्शनगर स्थित रुगँटा मार्केटमा ‘मुरारी स्टोर्स’ सञ्चालन गर्दै आएका थिए । उनीजस्ता दैनिक आम्दानीमा निर्भर व्यवसायीहरू विस्थापित हुँदा जीवनयापनमा समस्या उत्पन्न भएको स्थानीय व्यापारीहरूको भनाइ छ ।

सडक विस्तार दीर्घकालीन विकासका लागि आवश्यक भए पनि यसको कार्यान्वयन शैली अमानवीय भएको भन्दै कतिपयले आपत्ति जनाएको छ । पूर्वतयारी, पर्याप्त समय तथा वैकल्पिक व्यवस्था विना गरिएको यस्तो कदमले मानवअधिकार उल्लंघनको प्रश्न उठाएको पिडितहरूको दाबी रहेको छ ।

यसैबीच, विस्थापित भएका व्यवसायी धेरै परिवार मानसिक तनाव र डिप्रेसनको शिकार बनेको स्थानीयले बताएका छन् । उक्त घटनाले विकास र मानवीय संवेदनाबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०८३ बैशाख १३ आइतबार

Bureau Menus