न्यूज ब्यूरो, जनकपुरधाम । गत २०८१ बैशाख ११ गते बिहान न्यूज ब्यूरोका पत्रकार बिनय कुमार यादवको भएको शंकास्पद मृत्यू घटनामा धनुषा प्रहरीको नीरिहताले अझै मुद्दा टुँगो लाग्न सकेको छैनन् ।
धनुषा प्रहरीले सरकारी वकिल कार्यालयमा समयमा अनुसन्धान, सबुतहरु बुझाउन नसक्दा मुद्दा स्थिर भएको छ । ईलाका प्रहरी कार्यालय ढल्केवर मातहतमा अनुसन्धानमा रहेको स्वः पत्रकार बिनय कुमार यादवको मुद्दालाई राजनीतिक दबाबमा सुस्त पारिएको बताईन्छ ।
शंकास्पद मृत्यू भएपछि परिवारजनले कर्तव्य ज्यान मुद्दा दर्ता गराएकोमा धनुषाका तत्कालिन एसपी भुवनेश्वर तिवारीको टिमले अनुसन्धान फित्तलो पर्दा उनको मुद्दा सुस्त भएको हो । धनुषा प्रहरीले सबुत, प्रमाणसहितको मिसिल समयमा नबुझाउँदा सरकारी वकिलको कार्यालयले आरोपितहरुलाई हाजिरी जमानीमा छाडिदिएको हो । .jpeg)
तस्विरमाः विनय घटनाका आरोपित धीरेन्द्र यादव र सुशिल यादव एसपी तिवारीसँग
पत्रकार बिनय यादवको शंकास्पद मृत्यू प्रकरणको कर्तव्य ज्यान मुद्दामा धनुषाधाम नगरपालिका वडा नं. ५ का धीरेन्द् यादव, उनका भाई बीरेन्द्र यादव, बिनयलाई मोटरसाईकलमा बोक्ने ललन भन्ने लक्ष्मीनारायण यादव र सुशिल यादव (मृत्यू भईसकेको) नाम राखिएको छ । परिवारजनले उनीहरुले नै बिनयसँग पटक पटक रिसबी गरेको तथा अडियो रेकर्डहरुको आधारमा चार जनामाथि कर्तव्य ज्यानको मुद्दा चलाएको थियो ।
यो पनि पढ्नुहोस्

.jpg)
तस्विरमाः विनय घटनामा मोटरसाईकल चालक रहेका लक्ष्मीनारायण यादव
विनयको मोटरसाईकल चलाएका लक्ष्मीनारायण यादव, बीरेन्द्र र धीरेन्द्र समेत हाजिरी जमानीमा अहिले बाहिर रहेका छन् । उनीहरु मुद्दा चलिरहँदा ८ महिनासम्म घर छाडेर फरार भएका थिए । त्यतिबेला तत्कालिन एसपी भुवनेश्वर तिवारीको प्रत्यक्ष सम्पर्कमा धीरेन्द्र रहँदै आएको आरोप परिवारजनको छ । धीरेन्द्रलाई उदृत गर्दै परिवारजनले एसपी आफ्नै मान्छे भएको भनेर सुनाएको बताईन्छ ।
एसपी तिवारीले समाचार रोक्नका लागि समेत धीरेन्द्रलाई दबाब दिएको बुझिएको छ । विभिन्न सँचारमाध्यमले तत्कालिन एसपी तिवारीमाथि प्रश्न तेर्साएपछि उनले समाचार रोक्न धीरेन्द्रसँग कुराकानी गरेको परिवारजनको आरोप छ ।
सिआईबीको टोलीको अनुसन्धान
पत्रकार यादवको शंकास्पद घटनाको सन्दर्भमा परिवारजनको माग बमोजिम सिआईबीको टोली समेत अनुसन्धान गर्न धनुषा आएका थिए । त्यतिबेला पनि एसपी तिवारी धनुषामै थिए । सिआईबीको टोलीले पत्रकार यादवको घटनामा हत्या, कर्तव्य ज्यानको सबुत पाएको नपाएको सन्दर्भमा नखुलाएको पाईएको छ ।
सरकारी वकिलको कार्यालयमा बुझाईएको अधुरो मिसिल अनुसार आरोपितहरु रिहा भएका छन् । परिवारजनले नयाँ एसपीलाई यस मुद्दामा सक्रियता देखाउन माग गरेका छन् ।
बोर्डिँग स्कूलहरुले कानुन विपरित लिएको शुल्क (फी) फिर्ता गराउन निर्देशन
- २०८३ बैशाख ११ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । शिक्षा मन्त्रालयले कानुन विपरीत लिइएको भर्ना शुल्क र निर्देशिकाले तोकेको बाहेक अन्य शुल्क फिर्ता गराउन सबै पालिकाहरुलाई निर्देशन दिएको हो । नयाँ शैक्षिक सत्र अगावै विद्यार्थी भर्ना
पूरा पढ्नुहोस्




