न्यूज ब्यूरो, जनकपुरधाम । चर्चित टिकटोकर धीरुभाई र मोडेल आयुषा विश्वकर्माद्धारा अभिनित “अहाँ स दिल लगेली” भिडियो म्यूजिक रिलिज गरिएको छ ।
प्रेम जोडीहरुका लागि विशेष तौरमा तयार पारिएको सो गीतमा आयुषाको लुक, पहिरन र मनमोहक चालढालले प्रेमजोडी मन पराएको देखिएको छ ।
शान्त कमला नदीको किनार, मनमोहक प्राकृतिक दृश्य र प्रेमिल भावनाले भरिएको वातावरणबीच टिकटक स्टार धिरु भाइ र चर्चित मोडल आयुषा विश्वकर्माले आफ्नो नयाँ म्युजिक भिडियोमार्फत दर्शकको मन जित्ने प्रयास गरेका छन्। उनीहरूको बहुप्रतीक्षित मैथिली गीत ‘अहा स दिल लगेली’ शनिबारदेखि सार्वजनिक गरिएको हो।
‘कला म्युजिक क्रिएसन’को युट्युब च्यानलमार्फत रिलिज भएको यस भिडियोले प्रेमी–प्रेमिकाबीचका मिठा र अविस्मरणीय क्षणहरूलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। कमला नदी आसपासका प्राकृतिक सौन्दर्यलाई आकर्षक ढंगले कैद गरिएको भिडियोमा धिरु र आयुषाको रोमान्टिक केमेस्ट्रीले विशेष आकर्षण थपेको छ।

सामाजिक सञ्जालमा २५ लाखभन्दा बढी फलोअर्ससहित लोकप्रियता कमाएका धिरु भाइको प्रभावशाली उपस्थितिले भिडियोमा ऊर्जा थपेको छ भने, मैथिली म्युजिक क्षेत्रमा बढ्दो माग भएकी आयुषा विश्वकर्माले आफ्नो अभिनय र अभिव्यक्तिमार्फत दर्शकलाई मोहित बनाएकी छिन्।
गीतमा राकेश पासवान को सुमधुर स्वर र शब्द रहेको छ भने संगीत संयोजन बादल राज ले गरेका हुन्। भिडियो निर्देशन एमडी मनिर खान ले सम्हालेका छन्, जसले अडियो तथा कोरसमा पनि योगदान दिएका छन्। निर्माण धिरज मण्डल ले गरेका हुन् भने सम्पूर्ण व्यवस्थापन स्वयं धिरु भाइले सम्हालेका छन्।
नयाँ पुस्तामाझ लोकप्रिय यी दुई कलाकारको सहकार्यले भिडियोप्रति दर्शकको आकर्षण बढाएको छ। उत्कृष्ट लोकेसन, भावनात्मक प्रस्तुति र सशक्त टिमवर्कका कारण ‘अहा स दिल लगेली’ छोटो समयमै दर्शकमाझ चर्चा कमाउन सफल हुने अपेक्षा गरिएको छ।
यहाँ भिडियो हेर्नुहोस
अस्वस्थकर खाना बिक्री गर्ने जनकपुर भानुचोकको 'राजु होटल' लाई ४० हजार जरिवाना
- २०८२ चैत २४ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको भानुचोकस्थित राजु होटललाई अस्वस्थकर खाना बिक्री गरेको तथा सरसफाइको न्यूनतम मापदण्डसमेत पालना नगरेको पाइएपछि ४० हजार रुपैयाँ जरिवाना गरिएको छ। शुक्रबार मधेश प्रदेशका गृह, सञ्चार तथा
पूरा पढ्नुहोस्भाईरल समाचार

