गोलबजार मेयर गोल्डकपमा पासङ लामाको निर्णायक गोलले सलहेश युवा क्लबको शानदार जीत

२०८२ चैत २५ बुधबार
बिहान ०९:३१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ। 

अत्यन्त प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफको अन्तिम समयमा जर्सी नम्बर–६ का खेलाडी पासङ लामाले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाएका हुन्।

उत्कृष्ट प्रदर्शन गरेका पासङ लामा ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई उक्त पुरस्कार जिल्ला समन्वय समिति सिरहाका उपसभापति दिलिप लामाले प्रदान गरेका थिए।आयोजकका अनुसार प्रतियोगिताअन्तर्गत भोलिको खेल चात्यासा फुटबल क्लब, विराटनगर र झापा बीच दिउँसो २ बजे हुनेछ।

प्रतियोगिताको विजेताले नगद रु. ४ लाख ४४ हजार ४४४ सहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. २ लाख २२ हजार २२२ सहित ट्रफी हात पार्नेछ। साथै ‘म्यान अफ द म्याच’, ‘उत्कृष्ट खेलाडी’ लगायत विभिन्न विधामा पुरस्कारको व्यवस्था गरिएको छ।

गोलबजार नगरपालिका वडा नं. २ गुरुधामस्थित खेलग्राममा सञ्चालन भइरहेको प्रतियोगितामा देशका विभिन्न स्थानबाट ८ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

आज एउटै मञ्चमा ओली–प्रचण्ड, प्रमुख अतिथिमा पूर्वराष्ट्रपति भण्डारी

  • २०८२ चैत २५ बुधबार

न्यूज ब्यूरो, काठमान्डौँ । सत्तारुढ दल केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी पुष्पकमल दाहाल आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा देखिने भएका छन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी

पूरा पढ्नुहोस्

Bureau Menus