गोलबजार मेयर गोल्डकपः सलहेश युवा क्लब र ब्रदर्श हुड उदयपुर फाइनलमा भिड्ने

२०८२ चैत २८ शनिबार
रति ८:४८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सलहेश युवा क्लब, सिरहा र ब्रदर्श हुड फुटबल क्लब, उदयपुरबीच प्रतिस्पर्धा हुने भएको छ।

सेमिफाइनल अन्तर्गत ब्रदर्श हुड क्लब, उदयपुर र चात्यासा फुटबल क्लब, झापाबीच भएको रोमाञ्चक खेल निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएपछि नतिजा पेनाल्टी सुटआउटबाट टुंगिएको थियो। पेनाल्टीमा उदयपुरले जित हात पार्दै फाइनल यात्रा तय गर्यो ।

खेलमा चात्यासा क्लबका जर्सी नम्बर ८ का खेलाडी शिशिर लेखीले पहिलो हाफमा अग्रता दिलाएका थिए भने दोस्रो हाफमा अर्को गोल थप्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याएका थिए। यता, ब्रदर्श हुडका जर्सी नम्बर ४ का रिचर्ड इजेन्वाले पहिलो हाफमै एक गोल फर्काएका थिए भने दोस्रो हाफमा जर्सी नम्बर ९ का आकाश राईले बराबरी गोल गर्दै खेललाई पेनाल्टीतर्फ धकेले ।

शनिबार भएको उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक सौरभ बराल ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई उक्त पुरस्कार गोलबजार नगरपालिकाका लेखा अधिकृत रामसुफल साहले प्रदान गरेका थिए।

फाइनल खेल भोलि दिउँसो २ बजे गोलबजार नगरपालिका–२, गुरुधामस्थित खेलग्राममा सुरु हुने नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष संजित लामाले जानकारी दिएका छन्।

प्रतियोगितामा देशका विभिन्न स्थानबाट ८ टोलीको सहभागिता रहेको छ। विजेताले ४ लाख ४४ हजार ४४४ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २२ हजार २२२ रुपैयाँ नगदसहित ट्रफी पाउनेछन्। साथै ‘म्यान अफ द म्याच’ र ‘उत्कृष्ट खेलाडी’ लगायतका विधामा पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

४५ वर्षदेखि शैक्षिक उत्कृष्टताको यात्रामा सिद्धार्थ जनकपुरको कलेज

  • २०८२ चैत २८ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । विगत ४५ वर्षदेखि गुणस्तरीय शिक्षाको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सिद्धार्थ शिक्षण संस्थान अन्तर्गतको सिद्धार्थ शिशु सदन मा.वि. तथा सिद्धार्थ कलेजले विद्यार्थी तथा अभिभावकमाझ विश्वासको केन्द्रका

पूरा पढ्नुहोस्

Bureau Menus