जनकपुरमा अन्तरविद्यालय उपमेयर कप महिला कबड्डी प्रतियोगिता सुरु

२०८३ असार १६ मंगलबार
रति ९:४० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा उपमेयरकप अन्तरविद्यालय महिला कबड्डी प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा गोगल प्रसाद नमूना माध्यमिक विद्यालयमा सुरु भएको पाँचदिवसीय प्रतियोगिताको उद्घाटन उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले गरे । 

प्रतियोगितामा जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न विद्यालयका छात्रा टोलीहरूको सहभागिता रहेको छ । प्रतियोगितामा गोगल प्रसाद नमूना माध्यमिक विद्यालय बसहिया, याज्ञवल्क्य संस्कृति नमूना माध्यमिक विद्यालय ज्ञानकुप, रामजानकी माध्यमिक विद्यालय जनकपुरधाम–७, माध्यमिक विद्यालय मुजेलिया, माध्यमिक विद्यालय रूपैठा, सरस्वती माध्यमिक विद्यालय कनकपट्टी, संकटमोचन रामरती माध्यमिक विद्यालय जनकपुरधाम–४ लगायतका विद्यालयका टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै उपप्रमुख साहले खेलकुदले स्वस्थ नागरिक मात्र नभई अनुशासित, सभ्य र जिम्मेवार समाज निर्माणमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले समाजको समग्र विकासका लागि महिलाको सहभागिता र नेतृत्व पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै खेलकुदमा महिला तथा किशोरीलाई समान अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

उनले जनकपुरधाम उपमहानगरपालिकाले महिला खेलाडीको प्रतिभा पहिचान, खेलप्रति आकर्षण वृद्धि तथा विद्यालय तहबाटै खेल संस्कृतिको विकास गर्ने उद्देश्यले उपमेयर कप महिला कबड्डी प्रतियोगिताको आयोजना गरिएको बताए । यस्ता प्रतियोगिताले छात्राहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, अनुशासन र टोलीभावनाको विकास गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीलाई पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामार्फत विद्यालय तहमा महिला खेलाडी उत्पादन, खेल प्रतिभाको खोजी तथा महिला खेलकुदको प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

कमला नगरपालिकामा 'ग्रामीण अल्ट्रासाउण्ड सेवा' सुरु, गर्भवती महिलाले घर नजिकै पाउनेछन् USG सुविधा

  • २०८३ असार १६ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाले ग्रामीण भेगका नागरिकलाई सहज तथा सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ग्रामीण अल्ट्रासाउण्ड (USG) सेवा आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नगरपालिकाको पहलमा

पूरा पढ्नुहोस्

Bureau Menus