न्यूज ब्युरो, जनकपुरधाम । नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्लाङस्थित बायोमास क्रिकेट ओभलमा आइतबार भएको खेलमा नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि गुल्सन झाले अविजित ४४ रन बनाए । ईशान पाण्डेले ४० तथा देव खनालले ३९ रनको योगदान गरे । साउदी अरेबियाका इश्तियाक अहमद र मुहम्मद अतिफले २–२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९ ओभर २ बलमा १९० रनमा अलआउट भएको थियो । उसका अब्दुल वाहिदले सर्वाधिक ७७ तथा मुहम्मद अतिफले ३० रन बनाए ।
नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३–३ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए ।
प्रतियोगितामा नेपालको यो लगातार तेस्रो जित हो । नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेट तथा दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
एसीसी प्रिमियर कपको समूह ‘ए’ मा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स ९यूएई०, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन् ।
दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले आगामी वर्ष हुने एशिया कपमा स्थान सुरक्षित गर्नेछ ।
प्रतियोगिताको फाइनल खेल भदौ २७ गते शनिबार हुनेछ ।
तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?
- २०८३ भदौ २१ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका
पूरा पढ्नुहोस्




