राष्ट्र बैँकका हाकिमका छोरा शिक्षामन्त्री सस्मित पोखरेल सबभन्दा धनाढय मन्त्री

२०८२ चैत ३० सोमबार
बिहान ०८:०६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले आफ्नो र परिवारको नाममा रहेको करिब २४ करोड रुपैयाँ बराबरको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको विवरणअनुसार मन्त्री पोखरेलको परिवारको अधिकांश सम्पत्तिको स्रोत उनका बुबा रमेशकुमार पोखरेलको नेपाल राष्ट्र बैंकको जागिर, अवकासपछिको प्राप्त रकम र पैतृक सम्पत्ति रहेको देखिएको छ।

विवरणअनुसार पोखरेल परिवारको नाममा काठमाडौं र ललितपुरका विभिन्न स्थानमा घर तथा जग्गा रहेका छन्। मन्त्रीकी आमा मिनाक्षी ओझा पोखरेलको नाममा काठमाडौंको सुकेधारा र मुलपानीमा क्रमशः करिब ४ करोड र ५ करोड रुपैयाँ मूल्यका घर छन्। त्यस्तै, बुबा रमेशकुमार पोखरेलको नाममा सुकेधारामा करिब २ करोड ५० लाख र मोरङको विराटनगरमा करिब १ करोड रुपैयाँ बराबरको जग्गा रहेको उल्लेख छ।

ललितपुरको गोदावरी र काठमाडौंको गोकर्णेश्वरमा पनि परिवारको नाममा जग्गा रहेको छ। गोदावरीस्थित एक कित्ता जग्गाको मात्र अनुमानित मूल्य ५ करोड रुपैयाँ उल्लेख गरिएको छ।

चल सम्पत्तितर्फ परिवारसँग २५ तोला सुन र १०० तोला चाँदी रहेको छ, जसको बजार मूल्य करिब ७५ लाख रुपैयाँ आकलन गरिएको छ। मन्त्री पोखरेलको व्यक्तिगत बैंक खातामा सानिमा बैंक र एनआईसी एसिया बैंकमा गरी करिब ४ लाख ४७ हजार रुपैयाँ र ५ अमेरिकी डलर नगद रहेको विवरणमा उल्लेख छ।

परिवारले सेयर र सरकारी बचत पत्रमा पनि लगानी गरेको देखिन्छ। बुबा रमेशकुमार र आमा मिनाक्षीको नाममा १ करोड ४७ लाख रुपैयाँ बराबरको राष्ट्रिय बचत पत्र तथा सानिमा क्यापिटललगायत कम्पनीमा करिब ३० लाख रुपैयाँ बराबरको सेयर लगानी रहेको छ।

सवारी साधनतर्फ परिवारसँग दुई वटा विद्युतीय गाडी रहेका छन्। रमेशकुमार पोखरेलको नाममा करिब ७० लाख मूल्यको ‘किया निरो’ र मन्त्री सस्मित पोखरेलको नाममा ३९ लाख ६५ हजार रुपैयाँ मूल्यको ‘बीवाइडी डल्फिन’ रहेको छ।

सम्पत्तिसँगै परिवारमा ७५ लाख रुपैयाँ ऋण पनि देखिएको छ। मन्त्री पोखरेलले गाडी खरिदका लागि हिमालयन बैंकबाट २५ लाख रुपैयाँ कर्जा लिएका छन् भने उनकी आमाले माछापुच्छ्रे बैंकबाट ५० लाख रुपैयाँ ओभरड्राफ्ट कर्जा लिएको उल्लेख छ।

समग्रमा परिवारको कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार रुपैयाँ रहेको छ भने ऋण कटाउँदा खुद सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रुपैयाँ कायम हुने विवरणमा उल्लेख छ।

विवरणमा अधिकांश स्थिर सम्पत्तिको स्रोत पैतृक सम्पत्ति, बुबाको सरकारी सेवा अवधिको आम्दानी तथा अवकासपछि प्राप्त रकम रहेको उल्लेख गरिएको छ। साथै, अन्तर्राष्ट्रिय मुद्रा कोषमा कार्यरत रहँदा प्राप्त पारिश्रमिकसमेत घरजग्गा खरिदमा प्रयोग गरिएको जनाइएको छ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८२ चैत ३० सोमबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus