न्यूज ब्यूरो, काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्ले एक पटक फेरि सामाजिक सञ्जालको केन्द्रमा परेका छन् । सात वर्षअघि गरेको एक फेसबुक पोस्ट अहिले भाइरल बनेपछि उनले त्यसलाई हटाएका छन् ।
वाग्लेले २५ मे २०१८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलको सम्पत्ति विवरण सार्वजनिक भएपछि ‘स्वर्णिम मन्त्रीमण्डल’ भन्दै कटाक्ष गरेका थिए । तर अहिले त्यही पोस्ट उल्टै उनलाई नै भारी परेको देखिएको छ ।
हालै बालेन्द्र शाह ९बालेन० नेतृत्वको मन्त्रिमण्डलका सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ‘सुन’ विषयले चर्चा पायो । प्रधानमन्त्रीसहित १६ मन्त्रीसँग उल्लेख्य परिमाणमा सुन रहेको विवरण बाहिरिएपछि पुराना पोस्टहरू खोतल्ने क्रम सुरु भयो । यही क्रममा वाग्लेको पुरानो पोस्ट पुनः बाहिर आयो र तीव्र रूपमा भाइरल बन्यो ।

सामाजिक सञ्जालमा आलोचना बढ्न थालेपछि वाग्लेले उक्त पोस्ट हटाएका छन् । तर, पोस्ट हटाए पनि त्यसको असर भने रोकिएको छैन । विभिन्न प्रयोगकर्ताले पहिले नै लिएका स्क्रिनशटहरू अहिले फेसबुक, एक्स (ट्विटर) र अन्य प्लेटफर्ममा व्यापक रूपमा फैलिरहेका छन् ।
रोचक कुरा के छ भने, गुगल सर्चमा समेत वाग्लेको पुरानो पोस्टको प्रमाण भेटिएको छ । यद्यपि, अहिले उक्त लिंक खोल्दा पोस्ट हटाइएको सन्देश मात्र देखिन्छ । आर्काइभ साइटहरूमा पूर्ण सामग्री नभेटिए पनि उपलब्ध स्क्रिनशट र डिजिटल ट्रेसहरूले पोस्ट वास्तविक भएको पुष्टि गरेका छन् ।
यस घटनाले फेरि एकपटक देखाएको छ सामाजिक सञ्जालमा गरिएको पुरानो अभिव्यक्ति कहिल्यै पूर्ण रूपमा मेटिँदैन, र समय आएपछि त्यसले नै राजनीतिक दबाब सिर्जना गर्न सक्छ ।
जनकपुरका विद्यार्थी साहलाई ललितपुरको गोदावरी नगरपालिकाद्धारा सम्मान तथा पुरस्कार
- २०८३ बैशाख २ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका विद्यार्थी गौरव कुमार साहलाई ललितपुरको गोदावरी नगरपालिकाले सम्मान गरेको छ । शिक्षा दिवस २०८२ को अवसरमा आयोजित एक समारोहबीच साहलार्ई सम्मान गरेको हो । उनलाई नगद
पूरा पढ्नुहोस्

