सबैका माग समेटेर संवैधानिक समाधान खोजौँः पूर्व राजा ज्ञानेन्द्र शाह

२०८२ चैत ३० सोमबार
रति ८:३५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाहले सबैका माग समेटेर संवैधानिक समाधान खोज्न आग्रह गरेका छन्।

सोमबार नयाँ वर्ष–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुन हुँदैन नहुने बताए।

निषेध, फुट, बन्द र विद्रोहले हामी कमजोर हुने बताउँदै पूर्वराजा शाहले सबै पक्षको माग सम्बोधन हुनेगरी संवैधानिक समाधानबारे सोच्नुपर्ने बताए।

‘निषेध, फुट, बन्द र विद्रोहले हामी कमजोर हुन्छौं। परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुन हुँदैन। जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौं। संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको मागलाई सम्बोधन हुनेगरी संवैधानिक समाधान खोज्न दृढ संकल्पित बनौं,’ उनले भने।

उनले राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा निकै हेरफेर भएको भएपनि त्यो कोरा परिवर्तनमात्रै भएको टिप्पणी गरेका छन्। उनले देश प्रयोगशाला मात्रै भएको भन्दै राष्ट्र निर्माणमा पछि परेको उल्लेख गरेका छन्।

पूर्वराजा शाहले आफ्नो सन्देशमा देशको वर्तमान राजनीतिक प्रणालीले जनअपेक्षा पूरा गर्न नसकेको संकेत गरेका छन्। उनले शासन व्यवस्था केवल सत्ताको हेरफेरमा मात्र केन्द्रित भएको र आम नागरिकले परिवर्तनको महसुस गर्न नपाएको उल्लेख गरे। “राजनीति जनताको सेवाका लागि हुनुपर्नेमा यो केवल शक्ति आर्जनको माध्यम मात्र बनेको छ,” सन्देशमा भनिएको छ।

देशको खस्कँदो आर्थिक अवस्था र दैनिक रूपमा हजारौँको संख्यामा विदेशिने युवा जनशक्तिप्रति उनले गम्भीर चासो देखाएका छन्। स्वदेशमै रोजगारीको अवसर सिर्जना नहुँदा राष्ट्रको भविष्य नै संकटमा पर्न सक्ने भन्दै उनले जिम्मेवार निकायलाई समयमै सचेत हुन आग्रह गरेका छन्।

पूर्वराजाले नेपालको भू(राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै राष्ट्रिय अखण्डता र सार्वभौमिकता जोगाउन सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन्। बाह्य प्रभाव र आन्तरिक कलहका कारण देशको मौलिक पहिचान खतरामा परेको उनको विश्लेषण छ।

विगतमा जस्तै यसपटक पनि उनले देश बचाउनका लागि सबै पक्षबीच एउटा ‘साझा सहमति’ र ‘नयाँ सोच’को आवश्यकता औंल्याएका छन्र। उनले निषेधको राजनीति त्यागेर मुलुकको हितका लागि सबै शक्तिहरू एकै ठाउँमा उभिनुपर्ने सन्देश दिएका छन्।

पूर्वराजा शाहको यस सन्देशलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। विशेष गरी पछिल्लो समय देशमा बढ्दो आर्थिक मन्दी र राजनीतिक वितृष्णाका बीच उनले दिएको यो सन्देशले राष्ट्रवादी सोच राख्ने तप्कालाई उत्साहित तुल्याएको देखिन्छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८२ चैत ३० सोमबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus