Close This

जलेश्वरः यात्रु बोकेर गइरहेको टेम्पुमाथि रुख खस्दा दुई जनाको मृत्यू, ४ घाईते !

२०८३ बैशाख ६ आइतबार
बिहान ०७:४० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जलेश्वर । शनिबार साँझ आएको हावाहुरीले रुख ढल्दा दुई जनाको मृत्यू भएको छ भने ४ जना घाईते भएका छन् । 

शनिबार साँझ जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ज १ घ ४८५० नम्बरको टेम्पुमाथि मसाला (सपेता) को रुख ढल्दा दुई जनाको मृत्यू भएको हो । 

जलेश्वर नगरपालिका–९, प्रकौलीस्थित रहेको आर्मी ब्यारेक अगाडी सडक पेटीको मसालाको रुख टेम्पुमाथि ढलेपछि च्यापिएर मृत्यू भएको प्रहरीले जनाएको छ । रुखले किचिँदा टेम्पुमा सवार दुई यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा धनुषाको जनकपुर उपमहानगरपालिका–२०, देवपुरा रुपैठानिवासी अन्दाजी ४१ वर्षीया शकुन्तला पण्डित र महोत्तरीको एकडारा गाउँपालिका–३ निवासी अन्दाजी २३ वर्षीय राहुल मल्ली रहेका छन्।

दुर्घटनामा चारजना घाइते भएका छन्, जसमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते जलेश्वर नगरपालिका–११ का ५२ वर्षीय टेम्पुचालक हरेन्द्र ठाकुरलाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। यसैगरी, मृतक राहुल मल्लीकी ४३ वर्षीया आमा फेकनी देवी पनि गम्भीर घाइते भएकी छिन् उनलाई प्रादेशिक अस्पताल जनकपुरमा रेफर गरिएको प्रहरीले जनाएको छ।

टेम्पुमै सवार मृतक शकुन्तला पण्डितकी १४ वर्षीया छोरी रिया पण्डित सामान्य घाइते भएकी छन् भने जनकपुर उपमहानगरपालिका–१२, निवासी रामबाबु मल्लीका १७ वर्षीय छोरा धीरज मल्लीको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८३ बैशाख ६ आइतबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus