न्यूज ब्यूरो, रौतहट । मधेश प्रदेश सरकार अन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको पर्यटन विकास कार्यालय, रौतहटले विगतमा उपभोक्ता समितिहरूसँग सम्बन्धित जारी गरिएका सम्पूर्ण पत्रहरू खारेज गरेको घोषणा गरेको छ।
कार्यालयले २०८३ साल बैशाख १४ गते जारी गरिएको सूचनामार्फत सोही मितिबाट लागू हुने गरी यसअघि जारी भएका सबै पत्रहरू रद्द गरिएको जानकारी दिएको हो।
सूचनामा उल्लेख भएअनुसार प्रशासनिक तथा प्राविधिक कारणवश पूर्वका पत्रहरू अब मान्य नहुने जनाइएको छ। साथै, ती पत्रहरूका आधारमा कुनै पनि कार्य नगर्न नगराउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ।

कार्यालयले आवश्यक परेमा नयाँ प्रक्रिया अनुसार पुनः पत्राचार गरिने स्पष्ट पारेको छ।
कार्यालय प्रमुख कविता जैसवालद्वारा हस्ताक्षरित उक्त सूचनाले सम्बन्धित सरोकारवालाहरूलाई नयाँ व्यवस्था अनुसार अगाडि बढ्न निर्देशन दिएको छ।
यसलाई विभिन्न व्यक्तिहरुले विरोध जनाउँदै कर्मचारीलाई कारवाहीको माग गरेका छन् । चिठ्ठी प्राप्तपछि कैयौँ ठाउँमा उपभोक्ता समिति गठन समेत भईसकेको अवस्थामा पत्र रद्द गर्नु अनुचित रहेको भन्दै कारवाहीको माग गरेका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे
- २०८३ बैशाख १५ मंगलबार
न्यूज ब्यूरो, सिरहा। सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो । नेपाल प्रहरी श्रीमती संघको
पूरा पढ्नुहोस्


