न्यूज ब्यूरो, काठमान्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झा ले सुकुमवासी स्थानान्तरणकै कारण आत्महत्या भएको प्रमाणित भए राज्यले गम्भीर रूपमा कदम चाल्ने बताएका छन्।
सञ्चारकर्मीले ‘सुकुमवासीको आत्महत्या राज्य प्रेरित हत्या हो भन्ने प्रश्न उठिरहेको’ सन्दर्भमा जिज्ञासा राख्दा उनले घटनाको यथार्थ पुष्टि हुन बाँकी रहेको स्पष्ट पारे। उनका अनुसार पोस्टमार्टम प्रतिवेदन तथा सुरक्षा निकायको अनुसन्धानबाट निष्कर्ष ननिस्किएसम्म कारणबारे ठोस भनाइ दिन सकिँदैन।
उनले भने, “पोस्टमार्टमलगायत सम्बन्धित निकायबाट स्थानान्तरणकै कारण आत्महत्या गर्न बाध्य भएको पुष्टि हुन बाँकी छ। यदि त्यस्तो प्रमाणित भएमा राज्यले गम्भीर रूपमा आवश्यक कदम चाल्नेछ।”
गत शुक्रबार बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती खोलामा एक व्यक्तिको शव फेला परेको थियो। घर भत्काइएको दृश्य सहन नसक्ने भन्दै बिहान घरबाट निस्किएका ६१ वर्षीय ईन्द्रबहादुर राई मृत अवस्थामा भेटिएका थिए।
लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव
- २०८३ बैशाख २० आइतबार
- न्यूज ब्यूरो, नेपाल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश
पूरा पढ्नुहोस्







