नेविसंघमा विवादः मधेश प्रदेशका अध्यक्षमा मनिष यादव चयन, निशान्तको पनि दाबी !

२०८३ बैशाख २२ मंगलबार
बिहान ०७:५४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल विद्यार्थी संघ (नेविसंघ) को मधेश प्रदेश अध्यक्षमा दुई जनाले दाबी गरेपछि विवाद चुलिएको छ । 

गत चैत्त १३ गतेमा निशान्त राज यादवलाई नेविसंघको अधिकारिक लेटरहेडमा अध्यक्षमा चयन गरिएको पत्र देखिएको छ भने चैत्त १५ गतेमा जनकपुरका मनिष कुमार यादवको नाममा सोही पत्र जारी भएको देखिएको छ । यद्यपी, दुवै पत्रमा भने केन्द्रीय सदस्यहरुको हस्ताक्षर, नामलाई लिएर फरक देखिएको छ । 

निशान्त राज यादवले आफू नेविसंघको प्रदेश अध्यक्ष हुँ भनेर दाबी गरेका छन भने मनिष कुमार यादवले समेत आफू अध्यक्ष हुँ भनेर दाबी गरेका छन् । दुवै जनाले समाजिक सँजाल मार्फत आफू मधेश प्रदेशको अध्यक्ष हुँ भनेर दाबी गरिरहेको बेला न्यूज ब्यूरोको प्रश्नमा उनीहरुले आफू अधिकारिक रहेको पनि दाबी गरे । 

मनिष यादवले आफूलाई केन्द्रीय अध्यक्ष टुजाँग शेर्पाको अधिकारिक हस्ताक्षरसहितको पत्रबाट अध्यक्षको जिम्मेवारी सुम्पिएको दाबी गरे भने निशान्तराज यादवले आफूसँग १२ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहितको पत्र जारी गरेका छन् । अझै दुवै जना आफू अध्यक्ष हुँ भनेर दाबी गरिरहेका छन् । 

यता, नेविसंघका केन्द्रीय अध्यक्ष शेर्पाले भने मनिष कुमार यादव नै अधिकारिक अध्यक्ष रहेको बताएका छन् । न्यूज ब्यूरोसँगको कुराकानीमा अध्यक्ष शेर्पाले अधिकारिक अध्यक्ष जनकपुरका मनिष कुमार यादवलाई चयन गरिएको बताए । 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

गायक सन्नु कुमार खँगद्वारा समाचारको खण्डन, आरोप निराधार रहेको दाबी

  • २०८३ बैशाख २२ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । सप्तरीका गायक सन्नु कुमार खँगले एक मोडेल अभिनेत्रीसँगको पारिश्रमिक सन्दर्भमा आएको समाचारलाई खण्डन गरेका छन् । न्यूज ब्यूरोमा गत २०८२ मँसिर १५ गते र मँसिर १६

पूरा पढ्नुहोस्

Bureau Menus